१७ सिटको प्रवेश परीक्षामा ८७० डाक्टर सामेल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको एमडी/एमएसको पुन: परीक्षामा ८ सय ७० डाक्टर सामेल भएका छन्।

१ हजार ३७ जना डाक्टरले आवेदन फारम भरेकोमा ८ सय ७० डाक्टर सहभागी भएका हुन्। पुन: परीक्षामा १ सय ६७ जना डाक्टरले परीक्षा नदिएको प्रतिष्ठानका उपकुलपति डा. बुद्धि बहादुर थापाले जानकारी दिए।

१७ सिटका लागि भएको प्रवेश परीक्षाको नतिजा सोमबार साँझसम्म सार्वजनिक हुनेछ।

उनले भने, `दोस्रोपटक भएको प्रवेश परीक्षामा १ हजार ३७ जना मध्ये ८ सय ७० डाक्टर सामेल हुनुभयो । प्राविधिक समस्या नआए नतिजा सोमबार साँझसम्म सार्वजनिक गर्छौं ।´

पहिलोपटक फागुन १० गते भएको परीक्षा विवादित बनेपछि परीक्षा समितीले झन्डै ६ सय डाक्टरले दिएको प्रवेश परीक्षा रद्द गरेको थियो ।

प्रश्नपत्र बाहिरिएको भन्दै ४ सय डाक्टरले परीक्षा बहिष्कार गरेपछि फागुन १४ गते सूचना निकालेर समितीले फागुन २५ गतेका लागि नयाँ मिति तय गरेको थियो ।

फागुन ११ गते परीक्षा समितिले सूचना निकालेर परीक्षा रद्द भएको जानकारी दिएपनि कारण भने खुलाएको थिएन । गलत सूचना प्रवाह हुने भन्दै प्रतिष्ठानले परीक्षा रद्द गरेर ‘सेफ ल्याण्डिङ’ गरेको डाक्टरहरु बताउँछन् ।

एमडी/एमएसको पढाई सञ्चालन अनुमति पाएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गएको पुष ०७ गते भर्नाका लागि एक महिने सूचना निकालेर आवेदन मागेको थियो।

लोकसेवातर्फ ९ र खुल्लातर्फ ८ गरी १७ सिटका लागि १५ सय बढी डाक्टरहरुले आवेदन दिएका थिए। परिक्षार्थीले ४१ सय रुपैयाँ तिरेर आवेदन फारम भरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय