रहिनन् दन्त रोग विशेषज्ञ डा. विष्णुमाया खरेल

हेल्थपाेस्ट/काठमाडाैं
प्रकाशित
२०७६ फागुन २६ गते ११:४४

दन्त रोग विशेषज्ञ डा. विष्णुमाया (बिएम) खरेलको निधन भएको छ।

उनी केही वर्षदेखि डिम्बाशयको क्यान्ससँग लडिरहेकी थिइन्। ३८ वर्षीया खरेलको आइतबार राति ९ बजे निधन भएको हो।

चितवनमा रहेको अलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा करिब ९ वर्ष देखि कार्यरत रहेकी डा. खरेल अस्पतालको प्रवन्ध निर्देशनको जिम्मेवारीसम्म पुगेकी थिइन्।
उनका श्रीमान् पनि डा. प्रमोद लामिछाने हाडजोर्नी तथा नसा रोग विशेषज्ञ हुन्।

क्यान्सर भएको थाहा पाएपछि उनी भारत तथा जापानसम्म उपचार गराउन पुगिन्। तर, चिकित्सकहरुले डा. खरेललाई अन्तिम स्टेजको क्यान्सर हुने भएकाले निको नहुने सल्लाह दिएपछि भरतपुर सेन्ट्रल हस्पिटल केमो गर्दै आएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय