काेराेना कहर : नेपालसहित १४ देशबाट कतार प्रवेश प्रतिवन्ध

कोरोनाको संक्रमण फैलिन नदिनका लागि कतारले नेपालसहित विभिन्न १४ देशका मानिसलाई कतार प्रवेशमा रोक लगाएको छ।

कतारको सरकारी सञ्चार कार्यालयका अनुसार चीन, इजिप्ट, भारत, इरान, इराक, लेवनान, बङ्गलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया श्रीलङ्का, सिरिया तथा थाइल्याण्डलगायतका देशलाई प्रतिवन्ध गरेको हो।

कतार एयरवेजले इटलीको उडान पहिला नै बन्द गरिसकेको छ।

कतारमा कोरोना भाइरसबाट १५ जना मानिस संक्रमित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय