प्रधानमन्त्रीको स्वास्थ्य : सन्तुलित आहार, नियमित हिँडडुल

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । उपचाररत प्रधानमन्त्रीको स्वास्थ्यबारे नियमित जानकारी सार्वजनिक गर्ने क्रममा अस्पतालले आइतबार उनको स्वास्थ्यलाभ भइरहेको बताएको हो ।

अस्पतालका अनुसार ओलीलाई सन्तुलित आहार दिन थालिएको छ । उनका सबै भाइटल तथा ल्याब सूचक सामान्य अवस्थामा रहेको अस्पतालका निर्देशक डा. प्रेम खड्गाले बताए ।

‘उहाँलाई नियमित सन्तुलित आहार दिनुका साथै नियमित हिँडडुल गराउन थालिएको छ,’ डा. खड्गाले भने, ‘उहाँको स्वास्थ्यमा अपेक्षाकृत रूपमा सुधार भइरहेको छ ।’

अस्पतालका अनुसार ओलीलाई मिर्गौलादान गर्ने समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य अवस्थामा रहेको छ ।
१२ वर्षअघि प्रत्यारोपित मिर्गौलाले काम गर्न छोडेपछि प्रधानमन्त्री ओलीको गत बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जी नाता पर्ने संग्रौलाले मिर्गौलादान गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय