कोरोनाले हाम्रो फोक्सो हैन, दिमाग खाँदै छ कि!

फेसबुक, इन्स्टाग्राम वा ट्वीटर जुनसुकै सामजिक सन्जालमा पनि कोरोना भाइरसकै कुराहरु देखिन्छ।

आज यति जनाको मृत्यु भयो, आज यति जना सङ्क्रमित भए भन्ने खवर विश्वभर सुनिन थालेको छ।

मनिसहरुमा यो भाइरसलाई लिएर अलग्गै प्रकारको त्रास र डर फैलिएको छ। घर वरपर होस् अथवा बाटोमा जताततै मनिसहरुमा कोरोनलाई लिएर फैलिएका कतिपय यस्ता अफवाहहरुले त्रासका अनेकन रुप लिन थालेका छन्।

कतै मास्कको अभाव भएको सुनिन्छ त कतै खानेकुराको अभाब हुने डर भरिएको देखिन्छ। कोरोना (कोभिड-१९ ) को सम्भावित संक्रमणको रोकथाम गर्नु एकदमै जरुरी छ। मनिसहरुमा जनचेतना फैलाएर यसको रोकथाम गर्नतिर लागेको एकदम उपयुक्त हो।

फैलिएको त्रास र मानसिकता

रोगको संक्रमणबाट बच्नका लगि सबैतिरबाट सचेत हुनु एकदम अपरिहार्य छ तर, धेरै डर त्रासले आफूलाई मानसिक रूपमा कमजोर बनाउन तिर चाहिँ नलागेको नै राम्रो हो।

के हो कोरोना?

कोरोना विभिन्न भाइरसको समूह हो जसले रुघाखोकीदेखि विभिन्न श्वासप्रश्वास सम्म्बन्धि समस्याहरु निमत्याउन सक्छ। २०१९ मा चाइनिजहरुमा एउटा नयाँ भाइरस कोभिड-१९ को संक्रमण पाइयो।

यो भाइरस एउटा सामुद्रिक खानाहरुको बजारबाट भित्रिएको भनिएको छ तर कुनचाहीँ जीव वा जनावरबाट यो भाइरस मानिसमा सर्‌यो भन्नेबारेमा अहिलेसम्म यकीन गर्न सकिएको छैन।

हाँछ्यूउ आउनु , सिगान बग्नु, थकान महसुस गर्नु, खोकी लाग्नु , घाँटी दुख्नु , स्वास फेर्न गाह्रो हुनु, ज्वरो आउनु कोरोना भाइरस लागेका बिरामीमा देखिने लक्ष्यणहरु हुन्।

कोरोनाको त्रास र मानसिक सम्स्या

आफूलाई कोरोना भाइरसको संक्रमण होला कि भन्ने डरले मानिसमा चिन्ता एकदम बदी मात्रमा बढ्न थालेको छ।

कोरोनाको आकस्मिक सुरुवाताले मानसिक रोगहरु निम्त्याउन सक्ने धेरै सम्भवना छ। हालसम्म कोरोनाको मानसिक स्वास्थ्यमा हुने असरको बारेमा अध्ययन गरिएको छैन तर कोभिड-१९ ले मानिसहरुलाई एकदम मानसिक रूपमा चिन्तित अनि त्रसित बनाएको अनुमानचाहीँ पक्कै लगाउन सकिन्छ।

यो भाइरसको असरले मानिसमा एकदम चिन्ता अनि आतंक फैलाउन थालेको छ। मलाई संक्रमण होलाकि भन्ने डर, कतै मेरो नजिकको व्यक्तिलाई केही होलकि भन्ने डर अनि एकदम ज्वरो ,रुघाखोकी लाग्ने वित्तिकै सबै मनिसहरु एकदम चिन्तित हुन थालेका छन्। अझै यो भाइरसको कुनै राम्रो उपचार फेला नपरेकोले मनिसमा पूरै चिन्ता (anxiety) बढ्दै गएको छ।

कसैले फोहोर हातले छोयो कि भनेर हात बारम्बार धुने , दुषित भएँ कि भनेर एकदम चिन्तित हुने, सफा गरिराख्ने जस्ता बानीहरुको विकास भएको छ। यो बानीको विकास हुनु राम्रो भएपनि यस्तो त्रसित सोंचले मानसिक बिरामी नै बनाउनसक्छ।

यस्तो प्रकारको त्रसित बानीलाई मनोबैज्ञानिक भाषामा (contamination obsessions ) भनिन्छ ।

बोधात्मक अनुभव गर्ने (जस्तै कतै मेरो छालामा केही फोहोर लागेको छ कि भन्ने महसुस गर्ने) जस्ता बानीले पनि अबसेसनलाई(obsession) बढवा दिन्छ।

कोरोनाको त्रासले contamination obsessions धेरैमा देखिन थालेको छ। जुन एक ब्यक्तिमा असामयिक रूपमा भएमा ती ब्यक्तिमा obsessive compulsive disorder देखिन सक्छ ।
कोरोना लागेको एक बिरामीलाई क्वारेन्टाइनमा राखिन्छ जसले दिर्घावधिक मानसिक समस्याहरु बिकास गर्न सक्छ जस्तै post traumatic stress disorder, डिप्रेसन सम्बन्धि सम्स्या आदि।
जब जाँच सकारात्तमक आउँछ मनिसहरुलाई क्वारेन्टाइनमा राख्नु बाहेक अरु कुनै पनि विकल्प हुँदैन।

किङ्गस् कलेज लण्डनको अध्यन अनुसार एक बिरामीलाई १२-१४ दिन सम्मको अलग राख्ने प्रक्रियाले ब्यक्तिमा, पोस्ट post traumatic stress disorder, डिप्रेशनजस्ता मानसिक रोग देखा पर्दछ भनेका छन्।
त्यसैगरी डा. समान्था ब्रुक्सका अनुसार क्वारेन्टाइनमा जानु भनेको एक्लोपनको शिकार हुनु हो जसले मानिसमा नकारात्म्क मनोबैज्ञानिक असर पार्दछ।

हालै कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएका एक व्यक्ति भागेका छन् जसको मुख्य कारण एउटा त्रास हो जसले एक फोबियाको विकास भएको सहजै देखिन्छ । यस्तै यस्तै कुराहरुले मनिसमा मानसिक समस्याहरु देखा नपर्ला भनेर ढुक्क हुनु ठीक होइन।

अहिलेबाट नै हामीले फैलिएको त्रासबाट आइपर्ने मानसिक समस्याबाट आफूलाई पनि बचाउने अनि आफ्नो नजिकको व्यक्तिलाई पनि बचाउने हो भनेपछि गएर कुनै प्राकारका मानसिक समस्या झेल्नु पर्दैन।
समाजमा कोभिड, -१९ को डर एकदमै उच्च रूपमा फैलिएको छ। यसले ब्यक्तिमा हेर्ने हो भने चाहीँ चिन्ता (anxiety) अनि साइकोसिसका( psychosis) लक्षण अनि विभिन्न प्रकारका मानसिक समस्याहरु निमत्याउन सक्छ।

जस्तै :निन्द्रा नलागने समस्या(sleep problems ), भय (phobia like behaviors), चिन्ता(anxiety), आतन्क (panic), मुड प्रब्लम्स (mood problems )।
त्यसैले कोरोनाको संक्रमणको बारेमा धेरै सोंचेर आफूलाई मानसिक रूपमा कमजोर बनाउनु हुँदैन।

यो भाइरसकाे सामना आत्मवल बढाएर गरौँ। डर र चिन्ता लिएर अनि भय फैलाएर मात्रा समस्याको समाधान कहिले हुदैँन जति सकिन्छ आफूलाई शारीरिक अनि मानसिक रुपमै बलियो बनाउन एकदम अपरिहार्य छ।
आफू शारीरिक अनि मानसिक रूपमा स्वस्थ रहौं र, आफन्त समाज सबैलाई पनि सचेत बनाऔं जसले हामी सबैलाई रोगसँग लड्न सहज बनाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय