इटलीकाे पूरै सहर बन्द, १ करोड ६० लाख मानिस ‘क्वारेन्टाइनमा’

इटलीले करिब एक करोड ६० लाख मानिस रहेको एउटा क्षेत्र ‘लक डाउन’ गरेको छ। उत्तरी इटलीको लोम्वार्डी सहरलगायत त्यो क्षेत्रका १४ प्रान्तहरुमा सरकारले ‘लकडाउन’ गरेको हो।

द गार्जियनले जनाएअनुसार मानिसलाई यो क्षेत्रमा प्रवेश गर्न र बाहिर जान प्रतिवन्ध लगाइएको छ र यो नियम अनिवार्य हुने सरकारले चेतावनी दिएको छ।

यी एक करोड ६० लाख मानिसलाई विशेष चिकित्सकीय निगरानीमा राखिएको सरकारले जनाएको छ।

कोरोना भाइरसको संक्रमण एकदमै तीब्रगतिमा फैलिएपछि सरकारले यस्तो घोषणा गरेको हो। इटलीका धेरै जसो होटेल, रिसोर्ट, स्विमिङ पुलहरु, जिम तथा स्कूलहरु बन्द गरिएका छन्।

चीनपछि सबैभन्दा बढी यूरोपको इटलीमा भाइरसको संक्रमण बढिरहेको छ। यहाँ करिब २ सय ३३ जना मानिसको मृत्यु भइसकेको छ भने ५ हजार ८ सय ८३ जना मानिस संक्रमित भएका छन्। बितेको २४ घण्टामै ५० जना मानिसको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय