तयारै छैनन् अस्पताल

तीन साताअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारको लागि आइसोलेसन वेडको व्यवस्थापन गर्न अस्पतालहरूलाई निर्देशन दिएको थियो।

तर, ‘हब’ तथा ‘स्याटलाइट’ अस्पतालहरूलाई सरकारले तयार गर्न भनेको १ सय ४७ आइसोलेसन बेड तयार छैनन्।

विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार उपचार गराइरहेका एक बिरामीबाट अर्को बिरामीलाई रोग फैलिन नदिन हरेक अस्पतालले आइसोलेसन वार्ड स्थापना गरी उपचार गर्नुपर्छ।

छुट्टै जुत्ता, गाउन, मास्क, पन्जा प्रयोगको सुविधा भएको र बिरामीलाई जाँच्न प्रयोग गरिने स्टेथेस्कोप, थर्मामिटर, भेन्टिलेटर, अक्सिजन सिलिन्डर, मोनिटरलगायत उपकरण छुट्टै हुनुपर्छ ।

संगठनले नेपाललगायत विकासोन्मुख मुलुकमा हेपाफिल्टरसहित आइसोलेसन वार्ड हुनुपर्ने बताउँछ। त्यसैगरी वार्डमा हावा आहोरदोहोर हुनुहुँदैन ।

सरकारले आइसोलेसन वार्ड तयारी गर्ने निर्देशन दिएका अधिकास अस्पताल तयारी अवस्थामा छैनन्।

आइसोलेसन वार्डको ठाउँ उपयुक्त नभएको कारण तयारी नगरेको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. प्रेम खड्गाले बताए।

‘मैले मन्त्रालय स्तरीय बैठकमा पनि भनेको थिएँ, हाम्रो अस्पतालमा आइसोलेसनको ठाउँ उपयुक्त छैन,’ डा.खड्गाले भने, ‘यहाँ अन्य बिरामीको बढी भीडभाड हुने भएका कारण पनि कोरोना संक्रमितलाई राख्न सक्षम छैनांै।’

सरकारले कोरोनाका आशंका गरेका बिरामी देखा परेमा पहिलो प्राथमिकतामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल राखेको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ५ बेडको आइसोलेसन वार्ड छ, तर सुविधा सम्पन्न भने छैन। विश्व स्वास्थ्य संगठनले तोकेबमोजिमको मापदण्ड पूरा गर्न नसकेको अस्पतालका बताउँछ ।

आइसोलेसन वार्डमा हाल ५ वटा वेड तयारी अवस्थामा रहेको अस्पताका निर्देशक डा. सागरराज भण्डारी बताउँछन् ।

‘आइसोलेसन वार्डमा हाल ५ थान बेड छन्’ डा.भण्डारीले भने, ‘बिरामी बढेको खण्डमा सुरक्षित तरिकाले राख्न सक्षम नभएका कारण अन्य हब अस्पतालमा रिफर गरिदिन्छौ ।’
वीर अस्पतालमा आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको निमित निर्देशक डा. विण्णुदत पौडेलले जानकारी दिए । ‘यहाँ बिरामी आएमा ५ वटा क्याविन तयारी अवस्थामा राखेका छौं’ डा. पौडेलले भने।

भिडियाे : साैरभ रानाभाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय