प्रधानमन्त्रीको स्वास्थ्य : सामान्य हिँडडुल, सामान्य खाना

मिर्गाैला प्रत्योरोपण चौथो दिन प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।

शिक्षण अस्पतालका अनुसार उनले शनिबार पनि साधारण खानेकुरा खाएका छन् भने हिँडडुल गराइएको छ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.कृष्ण खड्गाका अनुसार प्रधानमन्त्रीका भाइटल तथा ल्याब सूचकहरु सबै सामान्य छन्। प्रधानमन्त्रीको फिजियोथेरापी पनि भइरहेको छ।
प्रधानमन्त्रीलाई मिर्गाैला दिने समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय