कोरोना संक्रमण रोक्न अमेरिकाले नेपाललाई गर्यो पिपिई हस्तान्तरण
विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको प्रकोप रोक्न अमेरिकी सरकारले नेपाललाई अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) हस्तान्तरण गरेको छ।
अमेरिकाले तीन हजार मास्क, दुई हजार पाँच सय चेहरा कवच, दुई हजार जुत्ता ढाक्ने खोल, दुई हजार एक सय सर्जिकल टोपी, एक हजार ट्राउजर तथा ट्युनिक, र १० वटा थर्मो फ्ल्यास थर्मोमिटर प्रदान गरेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अमेरिकी सरकारलाई सहयोगका लागि अनुरोध गरेको थियो। शुक्रबार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले यी सामग्री नेपाललाई प्रदान गरेको हो।
नेपालका लागि अमेरिकी राजदूर र्यान्डी बेरीले स्वास्थ्य मन्त्रालयलाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन्।
To supplement @mohpnep‘s #Coronavirus response, @USAID 🇳🇵 proudly handed over personal protective equipment to protect health responders while treating suspected cases. The handover demonstrates the @USEmbassyNepal’s long-term commitment to keep the Nepali people safe & healthy. pic.twitter.com/Y47s0DH3Ob
— Ambassador Randy Berry (@USAmbNepal) March 6, 2020
अमेरिकाले प्रदान गरेको उक्त सामग्री कोरोना भाइरस संक्रमण भएको व्यक्तिको उपचारमा संलग्न स्वास्थ्यकर्मीले प्रयोग गर्ने बताइएको छ।
तर, नेपालमा पिपिई एक हजार थान मात्र उपलब्ध छ। जुन निकै कम हो। यदि कोरोनाले महामारीको रुप लिए उपचारमा संलग्न सम्पूर्ण चिकित्सकहरूले यो प्रयोग गर्नुपर्ने हुन्छ।
सामग्री हस्तानतरण समारोहमा नेपालकी कार्यवहाक प्रमुख एड्रिएना हेज, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव यादव कोइरालालगायतको उपस्थिति रहेको थियो।