अब सीमा नाकामा आवतजावत गर्दा ‘सेल्फ डिक्लियरेसन’ फाराम भर्नुपर्ने

अब सीमा नाकाबाट आवातजावत गर्ने नागरिकले कोरोना भाइरस नभएको ‘सेल्फ डिक्लियरेसन’ फारम भर्नुपर्ने भएको छ। नेपालमा कोरोना भाइरस फैलिन सक्ने उच्च जोखिममा परेपछि सरकारले आवतजावत गर्ने नागरिकलाई कडाइ गर्ने निर्णय गरेको हो।

शुक्रबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको कोरोना भाइरसको प्रभाव न्यूनीकरण, पूर्वतयारी तथा सहजीकरण समिति बैठक यस्तो निर्णय गरेको गृहका एक अधिकारीले बताए।

बैठकमा भारतसँग सीमा जोडिएका नाकाहरूमा अहिले तत्कालै कोरोना जाँचको डेस्क स्थापना गरी आवतजावत गर्ने व्यक्तिलाई कडाइ गर्न थापाले निर्देशन दिएका थिए।

सीमा नाकामा अहिले तापक्रम जाँच्ने यन्त्रबाहेक सरकारसँग कुनै उपकरण छैन। सरकारले सीमा नाकामा आइसोलेसनको व्यवस्था भइसकेको छैन। स्वास्थ्य मन्त्रालयले हरेक जिल्लामा अस्थायी आइसोलेसनको व्यवस्था गरेको जनाएको छ।

सीमामा आवतजावत गर्ने नागरिकले सोही आइसोलेसनको प्रक्रियाबाट कोरोना परीक्षण गर्नसक्ने बताइएको छ। भारतबाट नेपाल आउने नागरिकले उतै परीक्षण गराएको रिपोर्ट लिएर फारम भर्नसक्नेछन्। बैठकले सीमा आवतजावत कडाइ गर्ने निर्णय गरेको छ।

यसका लागि आवश्यक कारबाही अगाडि बढाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई गृहको निर्देशन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय