प्रधानमन्त्रीको स्वास्थ्य : हिँडडुल गर्न र सामान्य खाना खान थाले
प्रधानमन्त्री केपी शर्मा ओली हिंडडुल गर्न थालेका छन्। मिर्गौला प्रत्यारोपण गरेको तेस्रो दिनमा उनलाई हिँडडुल गराइएको हो।
स्वास्थ्यमा त्रमिक रुपमा सुधार भइरहेपछि प्रधानमन्त्रीले ठोस आहार पनि लिन थालेको त्रिभुवन शिक्षण अस्पतालले जनाएको छ।
‘आजदेखि उहाँलाई हिँडडुल गराउन थालिएको छ । साथै, सामान्य आहार दिन थालिएको छ’ ‘विज्ञप्तीमा भनिएको छ, उहाँको सबै भाइटल र ल्याबका सूचकहरु सामान्य अवस्थामा रहेका छन्।’
ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्थामा त्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ।