त्रसित नबनाैं, सतर्क बनाैं : काेराेना जाेखिम सामना गर्न कांग्रेसकाे भिडियाे सन्देश

काठमाडौं – नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमणको जोखिम सामना गर्न अत्यावश्यक कामको सूचीसहित भिडियो सन्देश जारी गरेको छ।

नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले १५ बुँदे सुझावसहित भिडियो सन्देश जारी गरेको हो।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस नोट जारी गरेर भिडियो सन्देश जारी भएको जानकारी दिएका हुन्।

यसअघि, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनकाे आयाेजना गरी कोरोना भाइरस भित्रिन नदिनका लागि सरकार र आम नागरिक समुदायलाई १४ बुँदे अपील गरेका थिए।

कांग्रेस यस्तो गम्भीर विश्व परिस्थितिका बेला सम्पूर्ण सतर्कताका लागि नेपाल सरकार र सम्बन्धित निकायहरू एवं सबै राजनीतिक दल, संघसंस्था, सञ्चार माध्यम तथा स्वदेश र विदेशमा रहेका समस्त नेपालीलाई अपील गरेकाे थियाे।

कांग्रेसले विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाको जोखिमलाई मध्यनजर गर्दै पार्टी एवं पार्टीसँग आवद्ध संस्थाहरूका सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम संथगित गरेको छ। कांग्रेसले अर्को सूचना जारी नगरुन्जेलसम्मका लागि सबै कार्यक्रम स्थगित गरिएको जनाएको हो।

कांग्रेसले विश्व स्वास्थ संगठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिएकाे। कोरोना संक्रमण बारे ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान पार्टी र आवद्ध संस्थाहरूमार्फत विभिन्न ढंगले अघि बढाइने बताएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय