‘तीन महिनाका लागि नेपाललाई औषधि पुग्छ’

नेपाल औषधि उत्पादक संघले कम्तीमा तीन महिनालाई पुग्ने औषधि मौज्दात रहेको बताएको छ।

संघले शुक्रबार गरेको पत्रकार सम्मेलनमा भारतले औषधि निर्यातमा प्रतिबन्ध लगाएपनि नेपालसंग तीन महिनाका लागि औषधि मौज्दात रहेको जानकारी दिएको हो।

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको बेला भारत सरकारले कच्चा पदार्थ सहित २६ वटा औषधिका उत्पादनमा रोक लगाएको छ।

भारतले औषधि आयातमा रोक लगाएपनि नेपालमा उत्पादन हुने औषधिको अभाव हुन नदिने बताउदै संघले तीन महिनासम्म सामान्य बजारका लागि आवश्यक औषधि, कच्चा पदार्थ एव्म प्याकिङ मेटेरियल मौज्दात रहेको जानकारी दिएको छ।

नेपालमा हाल एलोपेथिक औषधिका ६२ उद्योग सञ्चालनमा रहेका छन् भने ४२ वटा उद्योग निर्माणधिन अवस्थामा रहेका छन्।

संघले तनि महिनाका लागि ७५ प्रतिशत औषधि नेपालमै रहेको बताउदै कुनै विदेशी कम्पनीलाई गुहारीहाल्नु पर्ने अवस्था नभएको बताएको छ।

सरकारले नीजि औषधि उत्पादम कम्पनीहरुसंग सहकार्य गरेर औषधि उत्पानद गर्न तथा बजारमा कमी हुन नदिन सहयोग गर्नुपर्ने संघले बताएको् छ।
कोरोना भाइरसको सन्त्रास फैलिरहेको अवस्थामा सर्वसाधारणमा बढिरहेको भय हटाउनु पर्नेमा तथा स्वास्थ्यकर्मी तथा सबैले एकजुट भई काम गर्नुपर्नेमा जोड दिनुपर्ने संघले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय