कोरोनाको बारेका सूचनामा ‘एकद्वार’ नीति बनाउन कांग्रेसको माग

संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको छ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका हुन्।

‘कोरोना संक्रमणबाट बच्चनका लागि सरकारले एकीकृत कार्यसञ्चालन र तत्काल एक्सन प्लान बनाई सार्वजनिक गर्नुपछर्,’ नेता थापाले भने, ‘अहिलेसम्म नेपालको सुखद अवस्था भएपनि इरानको जस्तो एकै पटक संक्रमणको अवस्था देखिए के गर्ने? यसबारे सरकारले समयमै सोच्नुपर्छ।’

थापाले तत्काल गर्नुपर्ने तयारीका बारेमा सबै सरकार, सबै मन्त्रालय, संसद, समुदाय लगायत सबै एकै ठाउँमा आएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए।

सबै देशले आवश्यक तयारी गरेको र भिषा रद्द पनि गर्न थालेको उल्लेख गर्दै थापाले बाहिरबाट नेपाल आउनेहरुको ट्रयाकिङ्ग गर्न आवश्यक रहेको बताए।

उनले भने,‘कोरोनाबारे विभिन्न कुरा बाहिर आउँदा सर्वसाधरणमा सन्त्रास र दुविधा बढ्दै गएको छ। सरकारले एकद्वार प्रणालीबाट सूचना र जानकारी सार्वजनिक गर्ने व्यवस्था मिलाउनुपर्छ।’

कोरोनाका कारण कुनै पनि सामाग्रीको आपुर्तिलाई तलमाथि गर्न दिन्नौ भनेर सरकारले जनतालाई आश्वस्त पार्नुपर्ने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय