काेराेना राेकथाम पूर्वतयारी : ढिला भइसक्याे कि !

कोरोना भाइरसको संक्रमणले विश्व नै त्रसित भएको अवस्थामा यसको रोकथाम एवं जाँचको लागि नेपाल सरकारको तयारी सन्तोषजनक देखिएको छैन। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणले नेपाल उच्च जोखिममा छ भनिसकेको छ।

तर पनि नेपाल सरकारले अहिलेसम्म कुनै किसिमको रोकथामको लागि जनचेतना र रोगको बारेमा बुझाउन नसक्नु र पर्याप्त तयारी नहुनु निकै दुखद विषय हो।

संक्रमणको विश्वव्यापी माहामारी फैलिइसकेको अवस्थामा नेपाल सरकारले पनि नोवेल कोरोना भाइरसको संक्रमणको रोकथामको लागि देशभरि रोकथाम र जनचेतनाका कार्यक्रम आवश्यक भइसकेको छ। अव ढिलो गरेमा देशले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ।

नेपालमा पनि पूर्व तयारी अनिवार्य छ। इमर्जेन्सी किट तयार पारेर प्रत्येक घरपरिवारमा वितरण गर्न एवं जनचेतना कार्यक्रम चलाउन अति आवश्यक देखिन्छ। मिडिया एवं सञ्चारकर्मी, सरकारी अस्पताल, गैरसरकारी अस्पताल, ल्न्इ, क्ष्ल्न्इ, प्रदेश सरकार, स्थानिय सरकार एवं जनप्रतिनिधिले कोरोना भाइरसको संक्रमणबारे जनचेतनाको कार्यक्रमहरु अलि बढाउनको साथै सम्बन्धित सम्पूर्ण निकायले सतर्कता अपनाउन जरुरी देखिन्छ ।

विश्व स्वास्थ्य संगठनले भनेझैं कोरोना भाइरसबाट जोगिन निम्न कुरामा ध्यान पु¥याउन जरुरी छ :

‌- भिडभाडमा नजाने

– मास्कको प्रयोग गर्ने

– सरसफाईमा ध्यान दिने

– उच्च जोखिममा रहेका उमेर, लिङ्ग समुह तथा दीर्घ रोगीलाई विशेष ध्यान राख्ने ।

– सावुन पानीले हात धुने

– हाच्छिउँ गर्दा नाक मुख छोप्ने

– कोरोना भाइरस जस्तो केहि लक्षण (अत्याधिक ज्वरो, श्वास–प्रश्वासमा समस्या, रुघा–खोकि आदि) देखिएमा नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा सम्पर्क गर्ने र गराउने ।
कोरोना भाइरस बिरुद्घको लडाईमा सबैजना एक भई जुटौँ।

(हेल्थकेयर एवं हस्पिटल म्यानेजमेन्ट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय