खाेइ मास्क?

हरेकजसो पसलहरुमा झुन्डिरहेका ‘मास्क’ केही दिनदेखि देखिनै छोडेका छन्।

केही औषधि पसलहरुले त ‘यहाँ मास्क छैन’ भन्ने जस्ता सूचना पनि लेखिसकेका छन्।

सडकपेटी अनि ठेलाहरुमा बेच्न राखिएका सामान्य मास्कको मूल्य पनि पाँचगुणा बढाइएको छ।

सरकारले अनुगमन त गरिरहेको भन्छ तर, बजारमा मास्कको अभाव उस्तै छ। पाइएका मास्कको मूल्य पनि बढी नै छ।

वाणिज्य अपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा मास्क लुकाइएको वा बढी मूल्य तोकिएको भेटिएमा ११३७मा फोन गर्न भनेको छ। यो नम्बरमा पैसा लाग्दैन।

मास्क लुकाएर कृत्रिम अभाव गराएको पाइएमा तीन लाखसम्म जरिवाना गर्ने चेतावनी विभागले दिएको छ।

विभागले बिहिबार गरेको अनुगमनमा केही पसलहरुलाई कारबाही समेत गरेको छ।

विभागका अनुसार आईज्याक हस्पिेटक सपोर्ट, विनायक सर्जिकल, आर.एफ, फार्मेसी, दीप सर्जिकल, अविमा सर्जिकललाई १०–१० हजार जरिवाना गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय