काेराेना कहर : नेपाल–भारत सीमा क्षेत्रका ३७ नाकामा स्वास्थ्य टोली परिचालन

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित भारतसँगका ३७ नाकामा स्वास्थ्य टोली परिचालन गरिएको जानकारी दिएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको उच्च जोखिमलाई दृष्टिगत गर्दै नेपाल–भारत सीमा क्षेत्रका ३७ वटा नाकामा स्वास्थ्य टोली परिचालन गरिएको बताएका हुन्।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उपस्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको संक्रमण हुन नदिन तीन तहको कार्यक्रम बनाएको बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य टोलीको संख्या थप गर्ने तथा अन्य नाकाहरूमा पनि स्वास्थ्य टोली परिचालन गरिएको दावी गरेका छन्। देवकोटाका अनुसार विमानस्थलका ६ वटै प्रवेशद्वारमा स्वास्थ्य टोली परिचालन गरिएको उल्लेख गरे।

यसैबीच, उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोराना संक्रमण नियन्त्रण उच्चस्तरीय संयन्त्रको बैठक दुई पटक बसेको जानकारी सरकार प्रवक्ता खतिवडाले दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय