‘कोरोना संक्रमणबाट जोगिन सचेतता अपनाऔं, पर्व, उत्सव र मेला नगरौं’

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसको विश्वव्यापी महामारी दृष्टिगत गरी कुनै पनि किसिमका कार्यक्रम नगर्न सूचित गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत मानबहादुर बुढाले बिहीबार सूचना प्रकाशित गरी अर्को निर्णय नभएसम्म कुनै प्रकारका उत्सव, मेला र पर्वका कार्यक्रम नगर्न अनुरोध गरेको हो।

‘त्यस्ता सम्मेलन तथा कार्यक्रमहरूमा सहभागी नहुन सबैमा अनुरोध छ,’ सूचनामा उल्लेख छ।

यसअघि विश्व स्वास्थ्य संगठनले नेपालसहित दक्षिण एसियाली मुलुकहरूमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको बताए लगतै सरकारले सचेतता अपनाउन र भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलनजस्ता कार्यक्रम नगर्न अपिल गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय