पार्टीका कार्यक्रम स्थगित गरी कांग्रेसले कोरोना सचेतना अभियान थाल्ने

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७६ फागुन २१ गते १६:३५

नेपाली कांग्रेसले विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाको जोखिमलाई मध्यनजर गर्दै पार्टी एवं पार्टीसँग आवद्ध संस्थाहरूका सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम संथगित गरेको जनाएको छ। आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसले अर्को सूचना जारी नगरुन्जेलसम्मका लागि सबै कार्यक्रम स्थगित गरिएको जनाएको हो।

कांग्रेसले विश्व स्वास्थ संगठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर सबै कार्यक्रम स्थगित गरिएको जनाएको हो। कोरोना संक्रमण बारे ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान पार्टी र आवद्ध संस्थाहरूमार्फत विभिन्न ढंगले अघि बढाइने उसले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय