प्रधानमन्त्रीकाे शल्यक्रिया भइरहँदा तस्बिरमा शिक्षण अस्पताल
बुधबार बिहानैदेखि शिक्षण अस्पताल परिसरमा धेरै मानिस जम्मा भइसकेका थिए। प्रधानमनत्री केपी शर्मा ओलीमा मृगौला प्रत्यारोपणको तयारी भइरहेको थियो।
बाहिर भने ‘चाँडै निको हुनु प्रधानमन्त्री’ भन्ने प्लेकार्ड बोकेका बग्रेल्ती मानिस थिए।
कोही मन्दिरमा पूजाआजा गर्दै प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरिरहेका थिए।
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीमा मिर्गाैला सफल प्रत्यारोपण भएको छ। चिकित्सकहरुले साढे ४ घण्टा लगाएर ३२ वर्षीया समीक्षा संग्रौलाको मिर्गाैला निकालेर प्रत्यारोपण गरेका हुन्।
ओलिमा प्रत्यारोपण गरिएको मिर्गाैलाले काम गर्न थालिसकेको प्रमुख सर्जन डा. प्रेमराज ज्ञवालीले जानकारी दिए।
‘किड्नीले काम गर्न थालिसक्यो, छिट्टै पोस्ट अपरेटिभ वार्डमा सार्दैछौँ’ उनले भने।