प्रधानमन्त्रीमा सफल प्रत्यारोपण, ‘प्रत्यारोपित मिर्गाैलाले काम गर्न थाल्यो’
प्रधानमन्त्री केपी शर्मा ओलीमा मिर्गाैला सफल प्रत्यारोपण भएको छ। चिकित्सकहरुले साढे ४ घण्टा लगाएर ३२ वर्षीया समीक्षा संग्रौलाको मिर्गाैला निकालेर प्रत्यारोपण गरेका हुन्।
ओलिमा प्रत्यारोपण गरिएको मिर्गाैलाले काम गर्न थालिसकेको प्रमुख सर्जन डा. प्रेमराज ज्ञवालीले जानकारी दिए।
‘किड्नीले काम गर्न थालिसक्यो, छिट्टै पोस्ट अपरेटिभ वार्डमा सार्दैछौँ’ उनले भने।
प्रधानमन्त्रीको हाइप्रोफाइल ट्रान्सप्लान्ट : ८ सर्जन, ५ फिजिसियन, २ क्रिटिकल केयर विशेषज्ञ