इरानमा कोरोना : १० प्रतिशत सांसद संक्रमित, मृत्युदर सबैभन्दा धेरै

कोरोना भाइरस(कोभिड१९)को संक्रमणबाट चीनपछि सबैभन्दा धेरै मानिसको मृत्यु इरानमा भइरहेको छ। यो मृत्युदर चीनभन्दा धेरै तीब्रगतिमा छ।

सञ्चार माध्यमहरुले जनाएअनुसार इरानमा धेरैजसो उच्च तहका धेरै अधिकारीहरुलाई कोरोना भाइरसको संक्रमण देखिएके छ।

इरानमा उप–राष्ट्रपतिदेखि लिएर सांसदहरुसम्म कोरोना भाइरसको संक्रमण देखिएको छ।

मंगलबारसम्म इरानका १० प्रतिशत सांसदहरु भाइरसबाट संक्रमित भएका छन्। इरानमा २ सय ९० सांसद छन्।

यसअघि उपराष्ट्रपति मासुमेह एब्टेकरमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनी अहिलेसम्म आफ्नै घरको ‘क्वारेन्टाइन’मा छिन्।

त्यस्तै इरानका उच्च नेता अयोतल्लाह अली खामेनीका एकजना सल्लाहकारको भारइस संक्रमणबाट मृत्यु भइसकेको छ।

अहिले इरानमा अन्य देशको तुलनाभन्दा मृत्यु हुनेको संख्यामा ५प्रतिशतले वृद्धि भएको छ।

इरान सरकारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि विदेशमन्त्रीले केही कदम चालेको बताएका छन्।

इरानमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ७७ जनाले ज्यान गुमाइसकेका छन् भने २३ सय ३६ संक्रमित रहेको पुष्टि भएको छ।

इरानमा कोरोनाको संक्रमण तिव्र रुपमा फैलिदै गएपछि त्यहाँको सरकारले स्वास्थ्य संयन्त्रसहित ३ लाख सेना तथा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको बताएको छ।

परिचालन गरिएको स्वास्थ्यकर्मीको टोलीलाई सरकारले घर–घरमा गई सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको छ।

त्यहाको सरकारले जनस्वास्थ्यलाई मध्यनजर गर्दै देशका सबै स्थानमा स्वास्थ्य टोली परिचालन गरे्को छ।

इरानको कोम शहरमा सबैभन्दा बढी भाइरस फैलिएको छ। सबैजसो कलेज तथा विद्यालयहरु पनि बन्द गरिएका छन्। धार्मिक, सभासम्मेलन नगर्न सरकारले निर्देशन दिएको छ।

एजेन्सीहरुकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय