कोरोना कहर : भारतका केही निजी विद्यालय बन्द

कोरोना भाइरसको संक्रमण बढेपछि भारतको नयाँ दिल्लीमा निजी विद्यालयहरु बन्द गरिएका छन्।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नोएडाका दुई नीजि विद्यालयले सुचना जारी गरेर केहि दिनका लागि विद्यालय बन्द गरेका छन्।

बन्द गरिएका दुई विद्यालयले इमेल र वाट्सएपबाट म्यासेज पठाउँदै बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरेका छन्।

कोरोना भाइरसको फैलिन नदिने उद्देश्यले केही दिनका लागि विद्यालय बन्द गरिएको हो।

भारतमा अहिलेसम्म पाचँ जनामा कोरोना भाइरसको संक्रमण रहेको पाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय