महिलाले आफ्नो पार्टनरबाट गर्ने चार अपेक्षा

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७६ फागुन २१ गते ११:३६

भनिन्छ महिलाले धेरै कुरा मनमा राख्न सक्दैनन्। उनीहरू प्राय कुरा अभिव्यक्त गरिरहेका हुन्छन्। तर, पनि उनीहरूको मनमा केही यस्ता चाहना हुन्छन्। जुन उनीहरूले आफ्नो पार्टनरबाट अपेक्षा गरेका हुन्छन्। तर, त्यस्तो चाहनालाई उनीहरूले अभिव्यक्त गर्न सकिरहेका हुँदैनन्। यस्ता छन् महिलाले आफ्नो श्रीमान वा वाइफ्रेन्डलाई भन्न नसक्ने चार इच्छा।

भावुक्ता

जुन सम्बन्धमा भावना नै हुँदैन त्यो सम्बन्धको के काम? सम्बन्धमा माधुर्यता ल्याउन त भावना हुनुपर्छ। एक अर्काको मर्म बुझ्नुपर्छ। प्राय केटाहरूले सम्बन्धमा स्वार्थपना देखाइरहेका हुन्छन्। जुन महिलालाई मन पर्दैन। किनकी उनलाई मनबाट नै माया गर्ने मान्छे मनपर्छ।

सम्मान

जस्तो पुरुषले आफ्नो गर्लफ्रेन्ड वा श्रीमतिले घर बाहिर र घर भित्र आदर गरोस् भन्ने चाहिरहेका हुन्छन्। त्यस्तै आत्म सम्मानको अपेक्षा महिलामा पनि हुन्छ। जुन पुरुषले महिलाको यस्तो ख्याल गर्छ त्यस्तो पुरुषलाई महिलाहरूले जीवनभर मनबाट नै माया गरिरहेका हुन्छन्। त्यसैले सधै  महिलाको भावनाको सम्मान गर्नुपर्छ।

इमान्दारीता

सम्बन्धमा इमान्दारिता जो कोहीको चाहना हुन्छ। प्रत्येक केटीले आफ्नो पार्टनर इमान्दार होस् चाहिरहेका हुन्छन्। महिलाले सधै आफ्नो पार्टनरले साचो बोलोस् र घर भन्दा बाहिर अन्य महिलासँग अनैतिक सम्बन्ध राखेर आफूलाई धोका नदेओस् चाहन्छन्। त्यसैले सम्बन्धलाई सुमधुर बनाउन आफ्नो पार्टनरसँग झुटा बोल्ने काम गर्नु हुँदैन। एक/दुई दिन झुट् टिक्ला। तर, पछि सत्य बाहिर त आउने नै हो।

माफि माग्ने बाँनी

प्राय केटाहरू आफ्नो केटी साथीसँग माफि माग्न हिचकिचाइरहेका हुन्छन्। तर, गल्ती हुँदा माफि माग्दैमा कोही सानो ठूलो हुने होइन। आफूबाट गल्ति भएको छ भने माफि माग्नु पर्छ। यस्तो गर्दा केटी साथीले निकै मन पराउँछन् र गल्तिलाई स्वभाविक रुपमा लिँदै अगाडि बढ्छन्। जसले सम्बन्धलाई बलियो बनाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय