चीनबाट अझै सातामा १० उडान, प्राधिकरणले अझै पाएन उडान रोक्ने सर्वोच्चको आदेश

चीनबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिए पनि नेपाल–चीनबीच भने उडान रोकिएका छैनन्। अहिले पनि सातामा १० उडान भइरहेको नेपाल नागरिक उड्‌डयन प्राधिकरणले जनाएको छ ।

सर्वोच्च अदालतले सोमबार नै चीनलगायत कोरोनाबाट बढी प्रभावित देशसितका उडान रोक्न आदेश दिइसकेको छ। तथापि, प्राधिकरणले अदालतको पत्र नपाएको भन्दै उडान जारी राखेको छ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले सर्वोच्चको फैसलाको लिखत आइनपुगेका कारण उडान जारी रहेको बताए। उनले फैसला प्राप्त हुनासाथ सबै उडान स्थगित गरिने जानकारी दिए।

हाल नेपाल-चीनबीच प्रतिसाता एयर चाइनाले एक, चाइना साउदर्नले दुई र चाइना इस्टर्नले सात उडान भर्दै आएका छन्। सिचुवान एयर, टिबेट एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान भने बन्द छन्।

अधिवक्ता पूर्ण राजवंशीले दायर गरेको रिटनिवेदन माथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले सोमबार कोरोनाविरुद्धको सावधानी तथा पूर्वतयारीमा जुट्न सरकारका नाममा अन्तरिम आदेश दिएको थियो।

रिटनिवेदनमा कोरोनाबाट बच्न केही दिनका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन, प्रभावित देशका नागरिकलाई भिसा नदिन, स्कुल–कलेज बन्द गर्न, चीनसँगको सीमानाकामा हेल्थडेस्कको व्यवस्था गर्नसमेत माग गरिएको थियो । सर्वोच्चले निवेदकको मागबमोजिम नै मुद्दाको अन्तिम टुंगो नलागुन्जेलका लागि सरकारलाई पूर्वतयारी तथा सावधानीका विषयमा अन्तरिम आदेश दिएको हो ।

यस्तो छ सर्वोच्चले सोमबार जारी गरेको आदेशको पूर्ण पाठ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय