विश्व श्रवण दिवस मनाइयो(तस्विरहरु)

कानको स्वास्थ्यसम्बन्धि जनचेतना फैलाउने उद्देश्यले काठमाडौंलगायत देशभर विश्व श्रवण दिवस मनाइएको छ।

विश्व श्रवण दिवसको अवसरमा इयर केयर नेपालले स्टार हस्पिटलको सहकार्यमा काठमाडौंको पाटन दरबार स्क्वायरमा विभिन्न कार्यक्रम गरेर दिवस मनाएको हो।

प्रत्येक सरकारी स्कुलका बालबालिकाको श्रवण शक्ति तथा कानका समस्याबारे निशुल्क चेकजाच गर्दै इयर केयर नेपालले सन् २०१३ देखि निरन्तर समाजसेवा गर्दै आएको छ, इयर केयर नेपालकी अध्यक्ष स्मृति श्रेष्ठले् भनिन्,‘यो कार्यक्रमले सर्वसाधारणलाई कानको सुरक्षाका बारेमा थप ज्ञान प्रदान गर्छ।’

इयर केयर नेपालले सरकारी स्कुलका बालबालिकामा रहेको कानका सम्पूर्ण समस्याको बारेमा सुचित गर्नुका साथै कानमा देखिएका सबै समस्याको निशुल्क उपचार गरिरहेको जानकारी दिइन्।

‘नसुन्नेहरुलाई सुन्नुहोस्’ भन्ने मूल नाराका साथ सुरु गरिएको कार्यक्रमा विभिन्न स्कुलका बालबालिकाहरुले सहभागिता जनाएका थिए।

बहिरोपन नेपालको जल्दोबल्दो समस्याका रुपमा रहेको भन्दै उनले नेपालमा अझै १६.६ प्रतिशत मानिसहरुमा बहिरोपनाको समस्या रहेको जानकारी दिइन्।

‘इयर केयर नेपालको मुख्य उद्देश्य जनचेतना तथा प्राथमिक शिक्षाद्वारा बहिरो हुनबाट जोगाउनु र बहिरो भइसकेकाहरुलाई उपचारद्वारा निको बनाउनु हो’श्रेष्ठले भनिन्।

कार्यक्रममा वक्ताहरुले बहिरोपन रोकथामका लागि इयर केयर नेपालले गर्दै आएका कामको बारेमा बताउनुका साथै रोकथामका लागि ध्यान दिनुपर्ने बताएका थिए।
कार्यक्रममा मनोरञ्जनात्मक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा स्कुलका बालबालिकाले चर्को आवाजबाट बचनुपर्छ, कान जथाभावी कोट्याउनु हुँदैन, कानमा तेल तथा घरायसी तरल पदार्थ हाल्नु हुदैन, फोहर खोला नहरमा नुहाउनु हँुदैन भन्ने सन्देशमूलक पम्प्लेटहरु प्रदर्शन गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय