रुघाखोकी र ज्वरोका बिरामीलाई जहाज नचढ्न आग्रह

काठमाडौं । निजी वायुसेवा कम्पनीहरूकाे छाता संगठन वायुसेवा सञ्चालक संघले रुघाखोकी र ज्वरोको समस्या भएका व्यक्तिलाई जहाज नचढ्न आग्रह गरेको छ।

संघले आज एक विज्ञप्ति जारी गर्दै चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी रूपमा फैलिरहेको र हाल ७० भन्दा बढी देशमा यसको संक्रमण देखिएकाले सावधानी अपनाउन यस्तो निर्णय गरिएको बताएको छ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि जोखिमयुक्त मुलुकमा राखेकाले आफूहरूले यसको रोकथामका लागि विभिन्न कदम चालिरहेको विज्ञप्तिमा उल्लेख छ।

ज्वरो, रुघाखोकीलगायत लक्षण देखिए हवाई यात्रा नगर्न संघको आग्रह छ। ‘उडानका क्रममा शंकास्पद व्यक्ति भेटिए त्यस्ता यात्रुको उडान रद्द गरिने छ,’ विज्ञप्तिमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय