डोल्पाको गाउँमा ज्वरोका बिरामी बढ्न थालेपछि विद्यालय बन्द

हेल्थपाेस्ट/काठमाडाैं
प्रकाशित
२०७६ फागुन २० गते १६:०४

गाउँभरिका मानिसलाई ज्वरो रुघाखोकी तथा पखाला फैलिएपछि डोल्पा जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका १ करेलीडाँडाको स्कुल बन्द गरिएको छ।

विगत एक हप्तादेखि स्थानीयमा ज्वरो रुघाखोकी, घाँटी दुख्ने, वान्ता हुने तथा पखाला लाग्ने समस्या देखिएको छ।

विद्यार्थीहरुसमेत बिरामी पर्न थालेपछि लेखनाथ आधारभूत विद्यालय अनिश्चित समयका लागि बन्द गरिएको हो।

‘गाउँभरि बिरामीको संख्या बढेका छन्, विद्यार्थीहरु पनि बिरामी भएका छन्। हामीलाई बिरामी विद्यार्थीलाई स्कूलमै राखेर उपचार गरिरहेका छौं’ लेखनाथ आधारभूत विद्यालयका शिक्षक लक्ष्यबहादुर सुनारले भने, ‘रोग गाउँभरि नफैलियोस् भनेर स्कूल बन्द गर्ने निर्णय गरेका हौं।’

गाउँमा एक हप्तादेखि मानिस बिरामी परिरहेका छन्।

गाउँमा देखिएको समस्याबाट बालबालिका, वृद्ध तथा गर्भवति महिलाबढी प्रभावित भएको शिक्षक सुनारले जानकारी दिए।

स्कुल सञ्चालन गर्दा अरु बालबालिका समेत बिरामी पर्ने भएकाले स्कुल बन्द गरेको उनले बताए।

जिल्ला सदरमुकामबाट चार किलोमिटरको दुरीमा रहेको करेलीडाडामा स्वास्थ्यचौकी भएपनि औषधि तथा जनशक्तिको अभावले उपचारमा समस्या भएको छ।

‘गाउँका सम्पूर्ण बिरामी निको नहुन्जेलसम्मका लागि स्कुल बन्द गरेका हांै, निको भएपछि स्कुल पुनः सञ्चालन गर्छौ’उनले भने।
बिराम परिक्षण गर्न जिल्ला अस्पताल डोल्पा दुनैबाट टोली बुधबारसम्म आइपुग्ने र उनीहरुको रगत परिक्षण पछि मात्रै बिरामीको बारेमा थाहा हुने मेडिकल अफिसर डा. मेलिना हमालले बताइन्।

डोल्पा त्रिपुरासुन्दरीमा गाउँभरि ज्वरो र रुघाखोकीका बिरामी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय