चितवनमा मनाइयो चिकित्सक दिवस(तस्विरहरु)
‘नेपाल चिकित्सक दिवस’का अवसरमा चितवनमा प्रभातफेरि गरिएको छ।
हरेक वर्ष फागुन २० गतेका दिन यो दिवस मनाइन्छ। ‘डाक्टर बचाऔं, बिरामी बचाऔं’ भन्ने मूल नाराका साथ यो दिवस मनाइएको हो।
नेपाल चिकित्सक संघ चितवन शाखाको आतिथ्यतामा नेपाल चिकित्सक संघले मानव सेवा आश्रममा फलफूल, वितरण तथा स्वास्थ्य शिविर समेत राखिएको थियो।
दिवसको पूर्वसन्ध्यामा चितवनमा पत्रकारहरुसँग अन्र्तक्रिया कार्यक्रम पनि भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष डा. लोचन कार्की थिए। डा.ऋषिकान्त अधिकारी र डा. नरेन्द्रकुमार सिंहले उक्त कार्यक्रमको सहजीकरण गरेका थिए। कार्यक्रमको संयोजन केन्द्रीय उपाध्यक्ष डा. अनिल बिक्रम कार्कीले गरेका थिए।