डोल्पा त्रिपुरासुन्दरीमा गाउँभरि ज्वरो र रुघाखोकीका बिरामी

हेल्थपोस्ट नेपाल

डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–१ करेलीकाँडाका सयौं स्थानीय ज्वोरो तथा रुघा खोकीका ग्रस्त भएका छन्।

४०–५० घरधुरी भएको नगरपालिकामा विगत विगत एक हप्तादेखि आम सर्वसाधारणलई खोकी लाग्ने, ज्वरो आउने तथा घाँटी दुख्ने समस्या देखा परेको छ।

‘करेलीडाँडाका स्स्थानीय विगत एक हप्तादेखि बिरामी पर्न थालेको जानकारी पाएका छौं’, डोल्पा जिल्ला अस्पतालकी मेडिकल अफिसर मेलिना हमालले भनिन्, ‘प्रत्येक घर तथा सर्वसाधारणमा एक हप्तादेखि खोकी लाग्ने, ज्वरो आउने घाँटी दुख्ने, बान्ता हुने र झाडापखालाको समस्या देखिएको छ।’

जिल्ला सदरमुकामदेखि चार घण्टाको दुरीमा रहेको करेलीडाँडामा स्वास्थ्यचौकी रहेको जानकारी हमालले दिएकी छिन्।

‘गाउँमा स्वास्थ्य चौकी भएपनि अलि टाढा रहेको खबर पाएका छौं स्वास्थ्य चौकीमा औषधि तथा ठाउँको अभाव भएको छ’ उनले भनिन््।

हमालले नेपालगन्जबाट मास्कलगायत अन्य औषधिहरु पनि मगाएको बताइन्।

एक हप्ता अघि काठमाडौंबाट गाउँका एक जना मानिस डोल्पा फर्किएका थिए।

उनी बास बसेको भोलिपल्टैदेखि सोही घरका मानिस बिरामी पर्न थालेका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *