मिर्गौला प्रत्याराेपणका लागि अस्पताल भर्ना भए प्रधानमन्त्री (भिडियाे)

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका छन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार साँझ अस्पताल भर्ना भएका हुन् ।

अस्पताल भर्ना हुनुअघि उनले राष्ट्रका नाममा भिडियो सन्देश जारी गरे । भिडियो सन्देशमा उनले जनताका सपनालाई बीचमै अलप पारेर आफू अलप नहुने बताएका छन् ।

प्रधानमन्त्री ओली उच्च आत्मबलका साथ अस्पताल भर्ना भएका छन् । उनले आफ्नो स्वास्थ्यबारे ढुक्क हुन जनतालाई अपिल गरेका छन् । उपचारपछि अहिलेभन्दा बढी ऊर्जा र आत्मविश्वासका साथ अस्पतालबाट फर्किने उनको विश्वास छ । प्रधानमन्त्री ओलीले आफ्नो आत्मविश्वास अजम्बरी हुनका लागि नभई जनतामा जागृत सपना साकार पर्नका लागि भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय