बीचमै अलप नहुने संकल्पसहित प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका छन् । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार साँझ भर्ना भएका हुन् ।

अस्पताल भर्ना हुनुअघि उनले राष्ट्रका नाममा भिडियो सन्देश जारी गरे । भिडियो सन्देशमा उनले जनताका सपनालाई बीचमै अलप पारेर आफू अलप नहुने बताएका छन् ।

प्रधानमन्त्री ओली उच्च आत्मबलका साथ अस्पताल भर्ना भएका छन् । उनले आफ्नो स्वास्थ्यबारे ढुक्क हुन जनतालाई अपिल गरेका छन् । उपचारपछि अहिलेभन्दा बढी ऊर्जा र आत्मविश्वासका साथ अस्पतालबाट फर्किने उनको विश्वास छ । प्रधानमन्त्री ओलीले आफ्नो आत्मविश्वास अजम्बरी हुनका लागि नभई जनतामा जागृत सपना साकार पर्नका लागि भएको बताए ।

पहिलो प्रत्यारोपणका वेला (२०६४ साउनमा) नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा नभएकाले भारतमा गएर गरेको बताउँदै प्रधानमन्त्री ओलीले यसपटक स्वदेशमै प्रत्यारोपण गराउन पउँदा खुसी व्यक्त गरेका छन् ।

विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मिर्गौला प्रत्यारोपण अहिले पहिलेजस्तो जटिल नमानिने उनले बताए । यसपटकको प्रत्यारोपण त्यसैले पनि तुलनात्मक रूपमा सजिलो हुने विश्वास उनले व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय