कोरोनाविरुद्ध सचेत रहन स्वास्थ्यकर्मीलाई चिकित्सक संघको आग्रह, बिहीबार भाइरसकेन्द्रित छलफल

नेपाल चिकित्सक संघ (एनएमए)ले कोरोना भाइसरसित सचेत रहन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम क्षेत्रमा राखिसकेको अवस्थामा सम्भावित सबैखाले परिस्थितिका लागि तम्तयार रहन संघले स्वास्थ्यकर्मीलाई अनुरोध गरेको हो ।

एनएमएले सम्भावित प्रतिकूल अवस्थाका लागि आ–आफ्नो कार्यक्षेत्रमा तयारी अवस्थामा रहन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ । त्यसका लागि लामो बिदामा नबस्न एनएमएको अनुरोध छ ।

संघले आगामी बिहीबार (२२ फागुन)का लागि कोरोनाकेन्द्रित छलफल राखेको जनाएको छ । संघको केन्द्रीय कार्यालय सिद्धिसदनमा सरकारी तथा गैरसरकारी स्वास्थ्यसंस्थाका प्रमुख, विभिन्न सोसाइटी तथा सरोकारवाला संस्थाका प्रमुख र विशेषज्ञहरूको संलग्नतामा छलफल तथा अन्तरक्रिया गरिने एनएमएले जनाएको छ ।

अन्तरक्रियाको निष्कर्षअनुसार नै एनएमएले भाइरसविरुद्ध लड्न थप कार्यक्रम तय गर्ने महासचिव डा. बद्री रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय