खरीपाटी क्वारेन्टाइनका १ सय ७५ जना आजै घर जाने, कोरोना देखिएन

खरीपाटी क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनालाई आज घर पठाइने भएको छ। चीनको उहानबाट ल्याएर उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो।

गत शनिबार १४औं दिनमा उनीहरुको दोस्रोपटक स्वास्थ्य परीक्षण गरिएको थियो। १ सय ७५ जनाकै स्वास्थ्य रिपोर्टमा कसैलाई पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उनीहरुलाई आजै घर पठाउने तयारी भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय