कोरोनासँग लड्न हामी कति तयार छौं?

के तपाईलाई थाहा छ कोरोना संक्रमणबाट उपचारपछि निको भइसकेका मानिसमा फेरि यो रोग बल्झिएको ?

डरलाग्दो के छ भने रोग निको भएर घर फर्किएकामध्ये करिब १४ प्रतिशतमा पुनः संक्रमण देखिएको छ।

भर्खरै चिनको राष्ट्रिय स्वास्थ्य आयोगले प्रकाशित गरेको विवरण अनुसार सो कुरा पुष्टि हुन्छ ।

यही प्रकारले पुनः संक्रमण बल्झिन थाल्यो भने यो रोगले पनि सय बर्ष पहिले १९१८-१९१९ को बीचमा प्राणघातक H1N1 भाइरस अथवा स्पेनिस फ्लुको कारण पूरै संसारभरि फैलिएको संक्रमण जस्तै नहोला भन्न सकिदैन ।

त्यो बेला संसारभर लगभग ५०० मिलियन व्यक्तिमा संक्रमण तथा ५० मिलियन भन्दा बढी मान्छेको ज्यान गएको थियो। यो अहिलेसम्म कै सबै भन्दा भयानक मानवसंहार मानिन्छ।

यस प्रकारको भयाबह स्थितिसँग सामना गर्न हाम्रो जस्तो देश तयार छ त ? जुन महत्वपूर्ण र सोंचनीय बिषय हो जसलाई सरोकारवाला निकायले गम्भीरका साथ लिन जरुरी छ।

आजको दिनसम्म कोरोना भाइरसबाट ८९०७५ जना संक्रमित छन् भने ३०५३ जना को मृत्यु भै सकेको छ।

अझै पनि ४०८९७ जना एकदमै बढी संक्रमित छन् त्यसमध्ये ७३७५ (अर्थात् १८ प्रतिसत) जना सिकिस्त अवस्थामा छन्।

तथापि ४५१२२ जना उपचारपछि घर फर्किसकेका पनि छन्।

चीनको उहानबाट सुरु भएको यो संक्रमण अहिले चौसठ्ठीभन्दा धेरै देश मा फैलिसकेको छ र अरु देश मा पनि फैलिने सम्भावना अत्यधिक छ।

पछिल्लो विवरण अनुसार दक्षिण कोरियामा चीनभन्दा पनि डरलाग्दो तरिकाले संक्रमण भइरहेको छ। त्यस्तै युरोप, तथा खाडी मुलुकमा पनि अत्यधिक रुपमा बढ्दो छ भने मृत्यु पनि बढिरहेको छ।
विश्व स्वास्थ्य संगठनको पछिल्लो विवरण अनुसार नेपाल पनि रोग सर्ने अति जोखिम राष्ट्रको सूचीमा परेको छ।

यसमा अति महत्वपूर्ण तथा बुझ्नुपर्ने कुराहरु

१. हाम्रो देश नेपालले यो प्राणघातक सरुवा रोग रोक्न के कस्ता उपायहरु अपनाएको छ?

२. आम नागरिकमा जनचेतना जगाउने काम कस्तो भैरहेको छ? के यो प्रर्याप्त छ?

३. संक्रमण भित्रिन नदिन लागि के कस्ता उपाय अपनाइएको छ?

४. विभिन्न माध्यमबाट (हवाई जहाज तथा अरु तरिकाबाट) देशमा भित्रिने मानिसको चेक जाँच कसरी भइरहेको छ ?

५. चेक जाँच गर्ने साधनहरु पर्याप्त तथा भरपर्दा छन्?

६. यदि देश मा रोग देखियो भने त्यसलाई व्यवस्थापन गर्नका लागि के कस्ता तयारीहरु गरिएका छन्?

७. के ति तयारी पर्याप्त छन्?

गर्नुपर्ने कामहरु

१. माथि उल्लेखित कामहरुको उचित ब्यवस्थापन तथा समाधान भएको हुनुपर्दछ।

२. स्वास्थ्यका सम्पूर्ण निकायलाई सक्रिय बनाउनु पर्दछ।

३. औषधि, उपकरण, लगायत तालिम प्राप्त स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा राख्नुपर्दछ साथसाथै रोग फैलन सक्ने सम्भावना भएका ठाउँलाई विशेष निगरानी गर्नु पर्दछ।

४. रोग अनुसन्धानकर्तालाई पनि रोगको अनुसन्धान गर्ने वातावरण बनाउनुपर्छ।

५. रोगको उपचार तथा रोकथाममा बाधा पुराउने हरेक व्यक्तिलाई प्रशासनद्वारा कडा भन्दा कडा कारबाही गर्नुपर्दछ।

६. स्वास्थ्य उपचारका लागि स्रोत तथा साधनको अभाव देखिन्छ भने अन्तराष्ट्रिय संघ, सस्था तथा अन्तराष्ट्रिय स्वास्थ्य समुदाय (International Health Community) को सहयोग लिनुपर्छ।

७. अति आवश्यक काम बाहेक सकभर घरबाट बाहिर निस्कनु हुँदैन।

८. भीडभाड हुने ठाउँबाट टाढा हुने जस्तै: कन्सर्ट, धार्मिक कार्यक्रम र खेलकुदलगायतका गतिविधि, बजार, सिनेमा घर, स्कुल, क्याम्पस, बस को यात्रा इत्यादी।

९. खोक्दा वा हाँछ्यू गर्दा मास्कको प्रयोग गर्ने।

१०. यस्तै साबुनपानीले हात धुने, फोहर हातले नाक, मुख र आँखा नछुने, हाछ्युँ गर्दा वा खोक्दा नाक र मुख बन्द गर्ने वा रुमाल प्रयोग गर्ने, रुघाखोकीको सङ्क्रमण वा श्वासप्रश्वाससम्बन्धी समस्या भएको व्यक्तिको निकटमा नबस्ने।

विश्वब्यापी रुपमा फैलिरहेको कोरोन भाइरस प्राणघातक रोगसँग लड्न सरकारी, गैरसरकारी संघ- संस्था, नागरिक समाज, राजनैतिक व्यक्ति, पत्रकार, शिक्षक, कर्मचारी, विधार्थी लगायत सम्पूर्ण नागरिकको

सहयोग अति आवश्यक हुन्छ।

आफू पनि यस संक्रमणबाट बच्ने र अरुलाई पनि बचाउने प्रयास गरौं!

विश्व स्वास्थ्य संगठनले जारी गरेको कोरोन भाइरसबाट जोगिने उपायको पूर्ण रुपमा पालना गरौं।

(लेखक, वीर अस्पताल तथा नेपाल राष्ट्रीय स्वास्थ्य र पर्यावरण संस्थान (National Institute of Health and Environment), काठमाडौँ मा कार्यरत छन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय