बुटवलमा आईसियु र भेन्टिलेटर सहितको एम्वुलेन्स

बुटवलमा पहिलो पटक आईसियु र भेन्टिलेटर सहितको एम्वुलेन्स सुरुवात गरिएको छ। रोटरी क्लव अफ सेन्ट्रल बुटवलको सहयोगमा सन्चालित उक्त एम्वुलेन्सको प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले सुभारम्भ गरेका हुन् ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सञ्चालन ल्याएको उक्त एम्वुलेन्समा सेवाबाट काठमाण्डौं गए बापत भेन्टिलेटर प्रयोग गर्दा ४० हजार र भेन्टिलेटर प्रयोग नगरी लैजादा २५ हजार रुपैया भाडा कायम गरिएको छ ।

अस्पतालका अनुसार भेन्टिलेटर प्रयोग गर्ने बिरामीसंग चिकित्सक साथमा रहने छन भने भेन्टिलेटर प्रयोग गर्नु नपर्ने बिरामीको साथमा हेल्थ असिस्टेन्ट रहनेछन ।

अस्पतालमा क्याथल्याब सेवा संचालन गर्दै आएको छ । यससँगै मुटुको सामान्य उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता हटेको छ । जर्मनीमा निर्मित विश्व प्रख्यात सिमेन्स कम्पनीको मेसिनबाट मुटुको एन्जियोग्राफी, एन्जियोप्लाष्टी र पेसमेकर राख्ने काम अस्पतालबाट सुरू भएको छ । बुटवल क्षेत्रका अस्पतालमा उपचार हुन नसक्ने बिरामीलाई अन्यत्र रिफर गर्दाका अवस्थामा यो एम्बुलेन्स सेवा प्रभावकारी हुने देखिएको छ ।

स्पतालले मृगौलाका बिरामीलाई निःशुल्क डायलायसिस सेवा पनि सुरु गरेको छ । १७ वटा मेसिनबाट दैनिक ३५ देखि ४० जना बिरामीहरूलाई निःशुल्क डायलायसिस सेवा उपलब्ध गराइरहेको अस्पतालले जनाएको छ । अस्पतालले आर्थिक रुपले विपन्न व्यक्तिहरूको मुटुको उपचारको लागि सरकारले दिने निःशुल्क सेवा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा पनि उपलब्ध गराएको छ । गरिब तथा विपन्न

व्यक्तिहरुको मुटुको उपचारमा सरकारले एक लाख रुपैयाँसम्मको उपचार निःशुल्क गर्ने सरकारको निर्णय अनुरुप मुटु अस्पतालमा पनि त्यो सेवा उपलब्ध गराइएको हो ।
रुपन्देही उद्योग संघको संरक्षकत्वमा २०६९ सालदेखि गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल सञ्चालनमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय