कोरोना कहर : संक्रमणको धेरै ‘डर’ ६० वर्षमाथिका मानिसलाई

कोरानो भाइरसको अधिक संक्रमण खासगरी ६० वर्षभन्दा माथिका मानिसलाई हुने भएको भन्दै विश्व स्वास्थ्य संगठनले थप सचेत रहन आग्रह गरेको छ।

उसका अनुसार अहिलेसम्म संक्रमितहरुको अध्ययन गर्दा अधिकांक संक्रमण ६० वर्षभन्दा माथि उमेर समूहका मानिसलाई हुने गरेको छ।

यो खासगरी स्वासप्रश्वासमा देखिने समस्या निमोनियाजस्तै रोग हो। १४ प्रतिशत बिरामी यसैका देखिएका छन् र ५ प्रतिशत निकै संवेदनशील अवस्थामा हुन्छन्।
यसको प्रमुख कारण रोगप्रतिरोधात्मक क्षमता कमजोर हुनु हो।

स्राेत बिबिसी

अनि यसको सबैभन्दा उत्तम उपचार भनेको ‘अक्सिजन थेरापी’ नै हो। चीनमा संक्रमित करिब ४४ हजार बिरामीको अध्ययनअनुसार यसको मृत्युदर निकै उच्च अर्थात १० गुणा बढी पाइएको छ। त्यो पनि युवा भन्दा बृद्ध अवस्थाका बिरामीमा।

कोरोना संक्रमणबाट अमेरिकामा अर्काे एकजना संक्रमितको पनि मृत्यु भएको छ।

चीनमा २ हजार ९ सय १२ जना मानिसको मृत्यु भइसकेको छ भने विश्वभरि ३ हजार ४४ जना मानिसको मृत्यु भएको ।

८९ हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। चीनपछि सबैभन्दा बढी दक्षिण कोरियामा कोभिड–१९को संक्रमण निकै तीब्र भइरहेको छ। यहाँ ४ हजार २ सय १२ जना मानिस संक्रमित भएका छन् भने २२ जनाको मृत्यु भएको छ।

त्यस्तै इटलीमा १ हजाार ६ सय ९४ जना मानिस संक्रमित भएका छन् भने ३४ जनाको मृत्यु भएको छ।

चीनपछि सबैभन्दा धेरै मानिसको मृत्यु इरानमा भएको छ।

यहाँ ५४ जना मानिसको भाइरस संक्रमणबाट मृत्यु भएको छ भने ९७८ जना मानिस संक्रमित भएका छन्।

एजेन्सीहरुकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय