स्वास्थ्यसचिवको सरुवा, दिउँसो मन्त्रीको प्रशंसा, साँझ सरुवाको निर्णय

यादव कोइराला

सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा यादव कोइरालाको सरुवा गरेको छ । स्वास्थ्य मन्त्रालयमा कार्यरत सचिव खगराज बराललाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कोइराला, बरालसहित आधा दर्जन सचिवको सरुवा गरेको थियो ।

आइतबारमात्रै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रीसँग सबैभन्दा राम्रो सम्बन्ध रहेको र मन्त्रीको कुनै पनि निर्णयमा अवरोध नगर्ने सचिव भन्दै बरालको प्रशंसा गरेका थिए । मन्त्रीको सय दिनको उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकारसम्मेलनमा प्रजनन स्वास्थ्यसम्बन्धी ऐन रोकेको भन्ने प्रश्नमा मन्त्री ढकालले कुनै पनि निर्णय नरोक्ने सचिव भनि बरालको प्रशंसा गरेका थिए ।

तर, पत्रकार सम्मेलन लगतैको मन्त्रीपरिषद् बैठकले बराललाई सरुवा गर्ने निर्णय गरेको थियो । यो सरुवामा मन्त्री ढकालको सहमति थियो, थिएन भन्ने बाहिर आएको छैन् । प्राविधिक मन्त्रालयमा शिक्षा क्षेत्रमा अधिकांश करिअर बनाएका बरालको परफरमेन्स औसतभन्दा कम्जोर भएको भन्दै आलोचना भएको थियो भने, केही दिनअघि मन्त्रालयको एक उच्चस्तरीय बैठकमा चिकित्सकको आलोचना गरेका कारण विवादसमेत उत्पन्न भएको थियो ।

स्वास्थ्यमन्त्रालयमा चिकित्सक सचिव हुने व्यवस्था भत्काएर प्रशासनीक सचिवको स्थान बनाएपछि मन्त्रालयको प्रशासनीक नेतृत्व झन अस्थिर बनेको छ । २०७५ असोज यतामात्रै केदार अधिकारी, रामप्रसाद थपलिया, चन्द्र घिमिरेपछि बराल र फेरी कोइराला सचिव स्वास्थ्यमा आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय