कोरोना संक्रमणको आशंकामा चार जना अस्पताल भर्ना

कोरोना भाइरस कोभिड १९ को आशंकामा चार जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । अपरान्ह ३ बजे दुई र पछि २ गरी चार जनालाई नै आजै भर्ना गरिएको थियो ।संक्रमण फैलिएका देशबाट आएका एक चिनिया र तीन नेपालीसहित चार जनालाई अस्पताल भर्ना गरिएको हो । भर्ना गरिएका मध्ये चीनबाट आएका एक चीनिया नागरिक र तीन जना कोरियाबाट आएका नेपाली हुन् ।

उनीहरुलाई आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ । उनीहरुमा केही लक्षण मिलेपनि संक्रमण प्रमाणित भएको छैन् ।  नियमित प्रक्रिया अन्तर्गत चेकजाँचका लागि भर्ना गरिएकामा सामान्य ज्वरो तथा खोकि  देखिएको अस्पतालका प्रबक्ता तथा डा. अनुप बास्तोलाले बताए । उनले अहिले नै डराउनुपर्ने कारण नभएको सुनाए । ‘चेकजाँचका लागि क्वारेन्टाइन क्षेत्र छुट्याएर हेरबिचार गरिरहेका छौ। चेकजाँचका लागी आउनु राम्रो कुरा हो। शंक्रमणको शंका मात्रै हो, सबैको अवस्था सामान्य छ ।’ उनले भने।

सरकारले बढी संक्रमण फैलिएका देशबाट आवतजावतमा कडाई नगर्दा निर्वाध रुपमा मानिस भित्रिरहेका छन् । जसका कारण नेपालमा पनि रोग फैलिनसक्न जोखिम उच्च रहेको विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय