रद्द भएको एम.डी/एम.एस परीक्षा २५ गते हुने

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले एम.डी/एम.एस (स्नातकोत्तर) को प्रवेश परीक्षाको नयाँ मिति सार्वजनिक गरेको छ। प्रतिष्ठानले आइतबार सूचना प्रकाशन गरेर फागुन १० गते रद्द भएको परीक्षा फागुन २५ गते (आइतबार) हुने जानकारी दिएको हो।

परीक्षा दिउँसो २ बजेदेखि ४ बजेसम्म हुनेछ। परीक्षाका लागि पोखरा–११ फुलबारीको सैनिक आवसीय महाविद्यालयलाई केन्द्र तोकिएको छ । गत फागुन १० गते लिइएको प्रवेश परीक्षा प्रश्नपत्र बाहिरएको भन्दै डाक्टरहरुले बहिष्कार गरेका थिए ।

सोही दिन राति अबेरसम्म बसेको परीक्षा समितिको बैठकले परीक्षा रद्द गर्ने निर्णय गरेको थियो । फागुन ११ गते परीक्षा समितिले सूचना निकालेर परीक्षा रद्द भएको जानकारी दिएपनि कारण भने खुलाएको थिएन । गलत सूचना प्रवाह हुने भन्दै प्रतिष्ठानले परीक्षा रद्द गरेर ‘सेफ ल्याण्डिङ’ गरेको डाक्टरहरु बताउँछन् ।

फागुन १० गते भएको के थियो ?

एम.डी/एम.एसको पढाई सञ्चालन अनुमति पाएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गएको पुष ०७ गते भर्नाका लागि एक महिने सूचना निकाल्यो । लोकसेवातर्फ ९ र खुल्लातर्फ ८ गरी १७ सिटका लागि १५ सय बढी डाक्टरहरुले आवेदन दिएका थिए । परिक्षार्थीले ४१ सय रुपैयाँ तिरेर आवेदन फारम भरेका थिए ।

फागुन १० गते (शनिबार) प्रवेश परीक्षा हुने भनेर प्रतिष्ठानले परीक्षार्थीलाई २ बजे परीक्षा केन्द्र बोलाएको थियो । प्रवेश परीक्षाका लागि अमरसिंह नमुना मा.विलाई केन्द्र तोकिएको थियो । २ बजे सबै परीक्षार्थी कक्षाकोठामा पुगे पनि निर्धारित समयमा परीक्षा सुरु भएन ।

परीक्षा दिन पुगेका डाक्टरहरूले सोधखोज गर्दा परीक्षा केन्द्रमा प्रश्नपत्र नै आइनपुगेको जवाफ पाए । एक घण्टा ढिलो गरेर परीक्षा सुरु भयो । ५ सय डाक्टरले बहिष्कार गरेपनि ३ बजेबाट परीक्षा शुरू भएकोमा ५ बजे सकिएको थियो । शनिबार साँझ ५ बजे परीक्षा सकिएपछि डाक्टरहरू परीक्षा केन्द्रमा छलफल गर्न पुगेका थिए । तर, समितिका पदाधिकारीले बेवास्ता गरे । ५ सय डाक्टरले बहिष्कार गरेपनि एक हजार डाक्टरले परीक्षा दिएका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एम.डी/एम.एस प्रवेश परीक्षा बहिष्कार

परीक्षा बहिष्कार गरेका पाँचसय डाक्टरसँग प्रतिष्ठानले भेट्न मानेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय