कोरोनाको संक्रमण रोक्न सीमा बन्द गरौं : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपाललाई कोरोना भाइरस(कोभिड–१९) बाट बचाउन सीमा सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताएका छन्।
मन्त्री ढकालले मन्त्रालयको जिम्मेवारी सम्हालेको १००औं दिनमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

‘कोरोनाको संक्रमण भित्रिने प्रमुख कारण खुला सीमा हो, संक्रमणबाट बच्न सबैभन्दा पहिला सीमा सुरक्षामा ध्यान दिनुपर्छ’ मन्त्री ढकालले भने।

संक्रमणबाट बच्न तातोपानी र रसुवागढी नाकामा निगरानीका लागि चिकित्सकको टोली खटाएइको र प्रदेशसंग समन्वय गरी नाकामा निगरानी गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
त्यस्तै उनले चीनबाट उद्धार गरेर ल्याइएका कुनै पनि नेपालीलाई भाइरसको संक्रमण नभेटिएको पनि बताए।

‘नेपालीलाई उद्धार गर्न चीन गएका विमान चालक दलका कुनै पनि सदस्यमा कोरोना भाइरसको संक्रमण भेटिएको छैन्’,पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री ढकालले भने,‘कोरोनाबाट बच्न विमानस्थलको सुरक्षालाई विषेश निगरानी गरी प्रत्येकको स्वास्थ्य अवस्थाको परीक्षण गर्ने गर्छौ।’

नेपालमा हालसम्म कसैमा पनि कोरोनाको संक्रमण नभेटिएको र चालक दलका १८ जना सदस्य पनि सकुसल रहेका र उनीहरुलाई घर फर्काउने तयारी गरिएको मन्त्रालयले जानकारी दिएको छ।
विश्वभर कोरोनाको संक्रमण फैलिइरहेका बेला मन्त्रालयले पनि केही योजना बनाएको उनले बताए।

मन्त्री ढकालका अनुसार पहिलो चरणमा संक्रमण भित्रिन नदिन विदेशबाट नेपाल आउने सबै यात्रुहरुको अनिवार्य परीक्षण गर्ने, दोस्रो, संक्रमण भित्रिहालेमा आवश्यक सबै जनशक्ति परिचालन गर्नेलगायतका योजनाहरु बनाएको छ।

त्यस्तै सबैजसो सरकारी तथा निजिी अस्पतालहरुलाई पनि पूर्व तयारीमा राखिएको छ।

त्यस्तै कोरोनाको संक्रमणले महामारीको रुप लिए देशभर स्वास्थ्य संकटकालको घोषणा गर्ने योजना रहेको छ।
जसका लागि अस्पतालका अन्य बिरामीलाई घर पठाएर, केही अस्पतालहरुलाई पूर्णरुपमा कोरोनाको उपचारका लागिमात्रै प्रयोग गरिने मन्त्री ढकालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय