चिकित्सक संघको चेतावनी: ‘सरकारले नयाँ ओपिडी शुल्क लागु नगरे, हामी आफैं गर्छाैं’

नेपाल चिकित्सक संघले नयाँ ओपिडी शुल्क(चिकित्सक परामर्श शुल्क) तत्काल लागु गर्न सरकारलाई आग्रह गरेको छ।

संघको नवनिर्वाचित २८औं कार्यकारिणी समितिको टोलीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर यस्तो आग्रह गरेका हुन्।

 

टोलीले सरकारले तत्काल नयाँ शुल्क कार्यान्वयनमा नल्याए चिकित्सक आफैंले नयाँ शुल्क लिन सुरु गर्ने चेतावनी दिएको छ।
२०७१ सालमा तोकिएको ४ सय ५० रुपैयाँ शुल्क अहिले पनि कायमै छ।

तीन महिनाअघि निजी अस्पताल, चिकित्सक संघ तथा मन्त्रालयका तर्फबाट सहसचिब विकास देवकोटा सम्मिलित शुल्क पुनरावलोकन समितिले नयाँ शुल्क लागु गर्न सिफारिस गरेको थियो।
उक्त समितिले अब नयाँ ओपिडी शुल्क ७ सय ५० रुपैयाँ लागु गर्न सिफारिस गरेको थियो। तर, अहिलेसम्म सरकारले उक्त शुल्क कार्यान्वयन गर्न सकेको छैन।

‘पोखरामा हालै सकिएको एनएमएको भेलाले सरकारले नयाँ शुल्क लागु गर्न ढिला गरे आफैंले तोकेर अगाडि बढ्ने निर्णय गरेको छ’ संघका अध्यक्ष डा. लोचन कार्कीले भने ‘वकिल, इन्जिनियर सबैले आफैंले शुल्क तोक्न पाउने, डाक्टरले किन नपाउने?’

कार्कीले सरकार र नेपाल चिकित्सक संघबीच भएका सम्झौताहरु र कार्यान्वयनको अवस्थाबारेको विस्तृत विवरण पनि मन्त्रीलाई बुझाएको जानकारी दिए।
‘मागअनुसार सरकारले काम नगरे अब चिकित्सकहरु आन्दोलनमा जानुको विकल्प छैन’ उनले भने।

मन्त्रीसँगको भेटका क्रममा संघ र सरकारबीच विभिन्न चरणमा भएका सहमति र तीनको कार्यान्वयनको अवस्थासम्बन्धी विस्तृत विवरणसमेत बुझाएको अध्यक्ष डा. कार्कीले बताए । उनका अनुसार संघले ओपिडी शुल्क निर्धारणसँग सरकारी चिकित्सकको तलब समायोजन, जेल वीथआउट बेलसम्बन्धी व्यवस्थाको ज्ञारेन्टीलगायतका मागसमेत तत्काल कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको डा. कार्कीले बताए ।

उनका अनुसार नयाँ ओपिडी शुल्कका सन्दर्भमा विहीबार, शुक्रबार र शनिबारभएको पोखराको चिकित्सक सम्मेलनमा पनि अधिकांश चिकित्सकले ओपिडी शुल्क तोकेर आगाडी बढ्न माग राखेका थिए । कतिपय शाखाका  चिकित्सकले केन्द्रीय कार्यसमितिले शुल्क समयमा नतोके शाखाबाट तोकेर लागुगर्नेसम्मको चेतावनी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय