प्रधानमन्त्रीको कोलोनोस्कोपी गरियो, मृगौला प्रत्यारोपणको तयारी

मृगौला प्रत्यारोपणको तयारीमा रहेका प्रधानमन्त्री केपी ओलीको आइतबार कोलोनोस्कोपी गरिएको छ।

ग्य्राण्डी अस्पतालमा आइतबार बिहान उनको कोलोनोस्कोपी गरिएको हो।

कुनै पनि ठूलो अप्रेशन गर्नका लागि कोलोनोस्कोपी गरिन्छ।

यसअघि उनको एन्जिओग्राफी पनि गरिएको थियो।

यही साता प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गर्ने तयारी भएको छ।

आइतबार बसेको नेकपाको सचिबालय बैठकमा उनले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएका थिए। उनले त्रिबिकाे शिक्षण अस्पताल महाराजगन्जमा मृगाैला प्रत्याराेपणकाे तयारी भइरहेकाे बतए।

उक्त बैठकमा प्रधानमन्त्री ओलीले आगामी बुधबार मृगौला प्रत्यारोपण गरिने जानकारी दिए पनि चिकित्सक टोलीको निर्णय भने भइसकेको छैन।

स्रोतका अनुसार आज साँझ नै प्रधानमन्त्री ओलीसँग चिकित्सकहरुको उच्चस्तरीय बैठक बस्नेछ र, सोही बैठकले मृगौला प्रत्योरपणको मिति पनि तय गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय