विश्वभरि ‘कोरोना’ संक्रमण : चीनपछि कोरियामा धेरै संक्रमित, इरानमा धेरैको मृत्यु

हेल्थपाेस्ट/काठमाडाैं
प्रकाशित
२०७६ फागुन १८ गते ९:२०

विश्व स्वास्थ्य संगठनले विश्वका ५७ देशमा कोरोनाको संक्रमण भइसकेको जनाएको छ।

भाइरसको संक्रमण चीनपछि विश्वभर नै फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनले सबै देशलाई निकै ‘सावधान’ रहन अपिल गरेको छ।

अहिलेसम्म विश्वभरि ८६ हजार ५ सय २९ जना मानिस विश्वभरि संक्रमित भएका छन्। चीनमा मात्रै ७८ हजार ८ सय २४ जना मानिस संक्रमित छन् भने २ हजार ८सय ७० जना मानिसको चीनमा मात्रै मृत्यु भएको छ। विश्वभर करिब २ हजार ९ सय ७९ जना मानिसको मृत्यु भइसकेको छ।

अमेरिका : एकजना ५० वर्षीय कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। अन्य स्वास्थ्य समस्याबाट समेत जुधिरहेका उनीलाई कोरोना भाइरसको संक्रमण भएको थियो।
वासिङ्गटन राज्यका उनको शनिबार राति मृत्यु भएको हो। अमेरिकी राष्ट्रपतिले अमेरिकामा भाइरसको कुनै भयाभव नभएको बताएका छन्। विश्व स्वास्थ्य संगठनले अमेरिकामा ६२ जना मानिसलाई भाइरसको लक्षण देखिएको बताएको छ। वासिङगटनमा अहिले स्वास्थ्य आपतकाल घोषणा गरिएको छ।

अमेरिकाले इरान, इटली, दक्षिण कोरियालगायतका देशमा सबै उडान र मानिसको आवतजावतमा प्रतिवन्ध लगाएको छ।

अष्ट्रेलियामा एक पनि मृत्यु : अमेरिकापछि अष्ट्रेलियामा पनि एकजना मानिसको मृत्यु भएको छ। कोराना भाइरसबाट संक्रमित ७८ वर्षीय ती मानिस डायमण्ड प्रिन्सेस क्रुजसीपबाट फर्किएका थिए।
पश्चिम अष्टेलिया राज्यका प्रमुख स्वास्थ्य अधिकारी एन्ड्रियू रोवर्ट्सनका अनुसार ति मृतककी श्रीमति पनि संक्रमित छिन्।

इटली : यहाँ १ हजार १ सय २८ जना मानिस संक्रमित भएका छन्। २९ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये १० प्रतिशत स्वास्थ्यकर्मीहरु भएको बताइएको छ।

युरोपेली देशहरु : इटलीमा गत साता भाइरसको संक्रमण देखिएपछि युरोपका अन्य देशहरुमा यो भाइरसको संक्रमण निकै तीब्र गतिमा फैलिन थालेको छ। जस्तोको कि, डेनमार्क, रोमानिया, ग्रीस, स्वीट्जरल्याण्ड, अष्ट्रियालगायतका देशमा पनि संक्रमित भेटिएका छन्।

दक्षिण अमेरिका : ब्राजिलमा पहिलोपटक गत हप्ता भाइरसको संक्रमण पुष्टि भएको थियो। त्यस्तै इक्वेडरमा पनि संक्रमणले छोइसकेको छ।

मध्यपूर्व : चीनपछि इरानमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ। अहिलेसम्म त्यहाँ ५ सय ९३ जनालाई भाइरसको संक्रमण भएको छ भने ४३ जनाको मृत्यु भएको छ। यद्यपि बिबिसीले भने इरानमा २ सय १० जना भन्दा बढीको मृत्यु भएको दाबी गरेको छ। तर, इरान सरकारले त्यसलाई अफवाहमात्रै भनेको छ।

दक्षिण कोरिया: चीनपछि सबैभन्दा तीब्रगतिमा भाइरसय दक्षिण कोरियामा फैलिइरहेको छ। अहिलेसम्म दक्षिण कोरियामा ३ हजार १ सय ५० जना मानिस यो भाइरसबाट संक्रमित भइसकेका छन्। भने १७ जनाको मृत्यु भएको छ।

एजेन्सीहरुकाे सहयाेग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय