चीनपछि दक्षिण कोरियामा कोरोनाको गति निकै तीब्र

हेल्थपोस्ट नेपाल

कोराना भाइरस चीनपछि दक्षिण कोरियामा एकदमै तीब्रगतिमा फैलिइरहेको छ। दक्षिण कोरियामा एकैदिनमा ५ सय ९४ भारइस संक्रमित थपिएका छन्।

त्यहाँ १६ जना मानिसको मृत्यु भइसकेको छ भने अहिलेसम्म ३ हजार १ सय ५० जना कोरोना भाइरस संक्रमित छन्।

सबैभन्दा धेरै प्रभावित क्षेत्रहरुमा ठूलो संख्यामा सेना परिचालन गरिएको छ र, उनीहरुले किटनाशक औषधि छर्किरहेका छन्।

यसैबीचमा निको भइसकेकी एक कोरियन महिलालाई फेरि कोरोनाको संक्रमण देखिएको छ। पुनः दोहोरिएर भाइरसको संक्रमण देखिएको यो पहिलोपटक हो।

पूर्णरुपमा निको भइसकेको भन्दै गत फेब्रुअरी २२मा अस्पतालले उनलाई डिस्चार्ज गरेको थियो। ७३ वर्षीया उनलाई पुनः अस्पताल भर्ना गरिएको छ।

अहिलेसम्म कोरोना भाइरसका कारण २ हजार ९ सय २३ जनाको मृत्यु भएको छ भने ८५ हजार ३ सय ९७ जना मानिस भाइरसबाट संक्रमित भएका छन्।

३९ हजार ३ सय ३२ जना संक्रमित निको भएका छन्। मृत्यु हुनेमध्ये २ हजार ८ सय ३५ जना मानिसको चीनमै मृत्यु भएको हो।

चीनपछि दक्षिण कोरियामा ३ हजार १सय ५० जना मानिस संक्रमित भएका छन्। १६ जना मानिसको मृत्यु भइसकेको छ।

त्यस्तै चीनपछि इरानमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ। त्यहाँ ३४ जना मानिसको मृत्यु भइसकेको छ भने ३ सय ८८ जना मानिस संक्रमित भएका छन्। त्यस्तै इटलीमा ८ सय ८८ जना मानिस संक्रमित भएका छन् भने २१ जनाको मृत्यु भएको छ।

चीनपछि विश्वभरका करीब ४९ देशमा काेराेना भाइरसकाे संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रुपमा भाइरसकाे जाेखिम निकै उच्च भइसकेकाे बताएकाे छ। उसले विश्वका सबै देशहरुलाई निकै सावधानी अपनाउन र सतर्क रहन पनि आग्रह गरेकाे छ।

एजेन्सीहरुकाे सहयाेग

नेपाली सुरक्षित छौं, कोरियनबाटै सर्छ कि भन्ने डर छ



Leave a Reply

Your email address will not be published. Required fields are marked *