स्वास्थ्य मन्त्रालयले स्थानीय सरकारसित माग्यो स्वास्थ्यकर्मीको अपुग तलबसम्बन्धी विवरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीको अपुग तलब–भत्तालगायत अनिवार्य दायित्वसम्बन्धी माग गरेको छ । मन्त्रालयले सबै (७५३) स्थानीय सरकारहरूसित स्वास्थ्यसेवाअन्तर्गतका स्थायी कर्मचारीहरूका लागि मन्त्रालयबाट पठाएको रकमले अपुग भएको विवरण माग गरेको हो ।

कतिपय स्थानीय तहले स्वास्थ्यसेवाका कर्मचारीको अनिवार्य दायित्वका लागि मन्त्रालयले विनियोजन गरेको बजेटले अपुग भएको भन्दै पत्राचार गरेपछि मन्त्रालयले १३ फागुनमा सचिवस्तरीय निर्णयबाट स्थानीय सरकारहरूसित अपुग बजेटको विवरण माग गर्ने निर्णय गरेको थियो । मन्त्रालयले स्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यतर्फका कर्मचारीको तलब, महँगीभत्ता, स्थानीयभत्ता र पोसाकभत्ताका लागि अवश्यक बजेटको विवरण तोकिएको ढाँचामा भरी पठाउन भनेको छ ।

अपुग बजेटको विवरण पठाउन मन्त्रालयले स्थानीय सरकारलाई ७ दिनको समय दिएको छ । स्थानीय सरकारहरूले तोकिएको फारममा विवरण भरी इमेलमार्फत पठाउनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय