खरीपाटी क्वारेन्टाइन : शनिबार फेरि स्वास्थ्य परीक्षण, अझै केही दिन बस्नुपर्ने

खरीपाटीको क्वारेन्टाइनमा राखिएका नेपालीहरु अझै केही दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । चीनको उहानबाट सरकारले उद्धार गरेको शनिबार १४ दिन पुग्दैछ। क्वारेन्टाइनमा कम्तीमा १४ दिन बस्नुपर्ने चिकित्सकीय प्रावधान छ।

शनिबार उनीहरुको घाँटीको स्वाबको नमुनाको रिर्पोट आएपछि मात्रै उनीहरु घर जान पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत ४ फागुनमा उनीहरुलाई उहानबाट सरकारले उद्दार गरेको थियो । क्वारेन्टाइनमा राखेको पहिलो १ सय ७५ जनाको परीक्षण गर्दा नेगेटिभ आएको थियो । पहिलो चरणको परीक्षण गर्दा रिर्पोट आउन ३ दिन लागेको थियो ।

पहिलो परिक्षणमा भाइरस नभेटिए पनि कोरोना भाइरसको लक्षण देखिन दुई सातासम्म लाग्ने हुँदा उनीहरूको दोस्रो चरणको परीक्षण गर्न लागिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बताउँछन् ।
‘दोसो चरणको जाँचको रिर्पोट आएपछि मात्र उनीहरु घर जान पाउँछन्, डा.देवकोटा भन्छन्,‘ केहि समस्या देखिएको खण्डमा अस्पतालको आइसोलेसन वार्डमा जानुपर्ने हुन्छ ।’

हालसम्म कसैमा पनि स्वास्थ्य समस्या नआएको मन्त्रालयले बताएको छ । दैनिक रुपमा उनीहरुको स्वास्थ्यकर्मी मार्फत चेक जाँच भइरहेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय