कर्णालीका ८० जना नेपाली कामदार चिनियाँ ‘क्वारेन्टाइन’मै

रोजगारीका लागि चीन पुगेका कर्णाली प्रदेशका कामदार चीनमै थुनिएका छन्।

चीनकोे काउन्ट्री प्रान्तमा कर्णालीका हुम्ला, डोल्पा, मुगु, रुकुम (पश्चिम), जाजरकोटलगायतका जिल्लाबाट रोजगारीका लागि पुगेका ८० जना कामदार उतै थुनिएका हुन्।

चीन र नेपालबीचको हिल्सा नाका हाल सञ्चालनमा छैन। बाक्लो हिउँका कारण नाका अवरुद्व छ। नाका अवरुद्व भएका कारण चीनमै रोकिएका उनीहरु नेपाल फर्कने अवस्था छैन।

ताक्लाकोट लगायत चीनका विभिन्न स्थानमा रोजगारीका लागि पुगेका उनीहरुलाई चीन सरकारले भने कोरोना भाइरसको संक्रमणबाट बचाउन क्वारेन्टाइनमा राखेको छ।

काउन्ट्री प्रान्तीय सरकारले नेपाली कामदारहरुलाई क्यारेन्टाइन राखेर औषधि उपचार र खानाको व्यवस्था गरिरहेको नाम्खा गाउँपालिका हुम्लाका अध्यक्ष विष्णुबहादुर तामाङ्गले जानकारी दिए । उनले भने, ‘हालसम्म उहाँहरु सुरक्षित भएको जानकारी छ । हुम्लाका उत्तरी क्षेत्र नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केघाटबाट रोजगारीका गएको भन्ने बुझिएको छ। हिउँका कारण हिल्सा नाका बन्द छ ।’

कोराना भाइरसबाट बच्नका लागि अहिलेदेखि नै लाग्नुपर्ने र प्रमुख जिल्ला अधिकारीसँग समेत कुरा भइरहेको बताउदै अध्यक्ष तामाङले भने, ‘मैले स्वास्थ्य विभाग, मन्त्रालय र प्रमुख जिल्ला अधिकारीसँग कुरा गरिरहेको छु । खुल्ला सिमाना भएका कारणले एउटा स्वास्थ्य डेस्क प्रहरी चौकी राख्न माग गरेको छु ।’

खुल्ला सिमाना भएका कारणले नाम्खा गाउँपालिकामा अहिलेदेखि नै खाद्यान्न लगायतका सामग्री जगेडा राख्न पहल थालिएको अध्यक्ष तामाङले बताए । प्रदेश सरकारले पनि आवश्यक कदम चालन जरुरी रहेको उनले बताए ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेश अस्पतालमा कोरोना विरामीका लागि भनेर तत्कालका लागि दुई बेड छुट्टाएको छ । कोरोना संक्रमित फेला पर्न सक्ने जोखिम मुल्यांकन गर्दै आपतकालिन अवस्थाका लागि दुई बेड छुट्टै राखिएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका फोकल पर्सन श्यामलाल आचार्यले भने, ‘कर्णाली प्रदेश अस्पतालमा उपकरणसहित बेडको व्यवस्था गरिएको छ । तत्काल केही भएहाले त्यही राखिनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय