पोखरामा सैनिक अस्पतालको सेवा सुरु

हेल्थपाेस्ट/पाेखरा
प्रकाशित
२०७६ फागुन १५ गते १३:३७

पोखरामा सैनिक अस्पताल (मिलिटरी हस्पिटल)को सेवा सुरु भएको छ। पोखरा–११ रानीपौवामा रहेको सेनाको भगवती गण दल फूलबारी ब्यारेकको हातामा ५० बेड क्षमताको अस्पताल संचालनमा आएको हो । यो अस्पतालमा सेनाले १६ करोड लगानी गरेको छ।

नवनिर्मित अस्पतालको बुधबार एक कार्यक्रमकाबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका छन्। सैनिक कल्याणकारी कोषको १६ करोड रुपैयाँ लगानीमा बनेको अस्पताल साढे ४ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

अस्पतालबाट नेपाली सेनामा कार्यरत सैनिक र भूपू सैनिकसँगै परिवारका सदस्यले निशुल्क सेवा पाउने अस्पतालका प्राविधिक प्रमुख सेनानी डा. आरजु चन्द्र सिंहले जानकारी दिए। २०७४ मंसिर १५ गतेबाट निर्माण शुरू भएको अस्पतालको निर्माण कार्य गएको पुष १५ गते सकिएको थियो ।

७७ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत अस्पतालमा आकस्मिक, प्याथोलोजी, जनरल ओपिडी, इन्डोस्कोपी, बालरोग, प्रसुती सेवा, सघन उपचार सेवा प्रदान गरिने छ । दुई तले अपाङ्गमैत्री अस्पतालले गण्डकी प्रदेशका २० हजार सैनिक र उनीहरूको परिवारलाई सेवा पुग्ने डा. सिंहले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय