जापानको पानीजहाजबाट एक नेपालीको उद्धार, भारतको क्वारेन्टाइनमा

जापानको सामुद्रिक तटमा ‘क्वारेन्टाइन’मा राखिएको एउटा पानी जहाजबाट एकजना नेपालीको पनि उद्धार भएको छ।

‘डायमण्ड प्रिन्सेस’ क्रुजसीपभित्र थुनिएका भारतीयलाई उद्धार गर्न गएको टोलीले ती नेपालीलाई पनि नयाँ दिल्ली ल्याएको हो।

बिहीबार बिहान क्रुजसिपभित्र रहेका मानिसलाई एयर इन्डियाको जहाजले दिल्ली ल्याएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

पानी जहाजभित्र रहेका भारतीय नागरिकलाई उद्धार गर्न गएको एयर इन्डियाको जहाजले ती नेपालीको पनि उद्धार गरेको हो ।

भारतीय समाचार द अनलाइन इन्डियन एक्सप्रेसले जनाएका अनुसार विदेशमन्त्री एस जयशंकरले उद्धार गरिएकामध्ये २ श्रीलंकाली, १ नेपाली, १ साउथ अफ्रिकन र १ जना पेरूका नागरिक रहेको जानकारी दिएका छन्। उक्त जहाजमा ११९ जना भारतीय नागरिक थिए।

डायमण्ड प्रिन्सेसबाट ल्याइएकाहरूलाई हरियाणास्थित क्वारेन्टाइनमा राखिने भारतीय विदेश मन्त्रालयले जनाएको छ । उद्धार गरिएका नेपालीको परिचय भने खुलाइएको छैन ।

डायमण्ड प्रिन्सेसभित्र रहेका सात सय चार जनालाई कोभिड १९को संक्रमण देखिएको थियो। तीमध्ये ४ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय